औद्योगिक व्यापार मेलामा ९० लाखको कारोवार

16 दिन अगाडी

भक्तपुर । भक्तपुरमा आयोजना भइरहेको बृहत औद्योगिक व्यापार मेलामा ९० लाखको कारोवार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा आयोजना गरेको पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको ४ दिनमा ३० हजारले अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । मेलाको पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको मेलामा ६ दर्जन बढि चर्चित गायक गायिका, हास्य व्यङय कलाकार, जादुगरहरुको उपस्थिती जनाएका छन् । सोमबार शिव हमाल, मानश राज, देव राना, ज्योती, दिपक एण्ड व्याण्ड, रितु कँडेल, विनु शाक्यले दर्शक तताए । 
मेलामा मेलामा अटोमोवाईल, अन्तराष्ट्रिय खाना महोत्सव, अन्तराष्ट्रिय स्टल, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल राखिएको छ । नेपाली परम्परागत उत्पादित सामग्रीहरु, दैनिक प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल राखिएको मेलाका संयोजक दिपक थापाले जानकारी दिनुभयो ।
मेलामा हरेक दिन बिभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन हुने आयोजक मध्यपुर व्वाइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिनुभयो । मेला आगामी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । 
भलिबल प्रतियोगिता शुभारम्भ
औद्योगिक, पर्यटन तथा व्यापार मेलामा भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ। प्रतियोगिताको पहिलो खेलमा सूर्यबिनायक युवा क्लवले सिन्धुपाल्चोकको योङ स्टार क्लवलाई सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अर्को खेलमा एजे स्पोटर््स क्लवले सुवर्णचोक युवा क्लवलाई पराजित गरेको छ। त्यसैगरी थ्रीस्टार एकेडेमीले स्प्रिङडेल स्कुल र एनसिसि ब्वाइजलाई पराजित ग¥यो भने जनप्रेमी कलेजले भक्तपुर योङ सर्कल र टिम फाइभ फिङ्गरलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु.५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter