कँग्रेस नेता हुमागाईद्वारा स्वास्थ्यलाई पिपिई, पत्रकारलाई प्रेस ज्याकेट र माक्स वितरण

1 महिना अगाडी

काभ्रेपलाञ्चोक÷नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईंले विश्व महामारीको रुपमा संसार लाई आक्रान्त पारेको नाबेल कोरोना भाइरस कोभिड १९ संक्रमणले ६० लाखको हाराहारीमा नेपालीहरुलाई बेरोजगार बनाउने बताउनुहुँदै त्यस प्रति आफु चिन्तित रहेको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट र एन ९५ माक्स वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले कोरोना भाइरस अर्थात कोभिड १९ ले गर्दा श्रमजिबीहरुको रोजगार धरासायी हुन लागेको प्रति चिन्ता ब्यक्त गर्नुभएको हो । पत्रकारहरु सँग को सामुहिक अन्तरक्रियामा बोल्दै नेता हुमागाईले मुलुकमै रहेका १२ लाख,भारत बाहेकका मुलुकमा रहेका ४५ लाख साथै भारतमा रहेका नेपालीहरु गरी कम्तिमा ६० लाखको हाराहारीमा नेपालीहरु बेरोजगार हुने आंकलन गर्नुभयो । यस प्रति रोजगार दाताहरु गम्भिर हुनुपर्ने बताउनु भयो । 
काभ्रेपलाञ्चोक जिल्लामा भारतबाट तत्कालै १५ सयको संख्यामा  काभ्रेलीहरु फर्कन लागेको बताउनुहुँदै यो संख्या काभ्रेमा कहाँ राख्ने भयावहको स्थिती छ । यस्तै स्थिती नेपालभरका जिल्लामा रहेको छ यो भनेको भयावहको स्थिती हो यस प्रति बेलैमा संघ,प्रदेश र स्थानिय सरकारको ध्यान जानु पर्ने बताउनु भयो । चार महिना अगाडी देखि क्वारेन्टाईन बनाएको समाचारबाहिर आएपनि अहिले सम्म कहिँ कतै डब्लुएचओ को मापदण्डमा क्वारेन्टाइन नबनेको प्रति गुनासो ब्यक्त गर्नुभयो । बनेका र भइरहेका क्वारेन्टाइन पनि मापदण्ड अनुसार नभएको गुनासो आइरहेको छ उहाँले भन्नु भयो । क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट र एन ९५ माक्स वितरण कार्यक्रममा उहाँले भन्नुभयो अबका केही महिनापछि काभ्रेजिल्लामा मात्र नभएर नेपाल भर खाध्य समस्या आउनेमा कुनै संका छैन । खाध्य संकट कसरी समाधान गर्ने हो यसबारे बेलैमा सोच्नु पर्छ ।मुलुक चल्ने भनेको राजस्व,ऋण,अनुदान,रेमिटेन्सका आधारबाट हो । तर यि चार वटै क्षेत्रहरु प्रभावित भएका छन् । यसकारण पनि हामी नेपाली लामो समयको जोखिममा जाँदैछौंभन्नुभयो । फ्रन्टलाईनमा कामगर्ने जनप्रतिनिधीहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु, अत्यावश्यक सवारी साधनका चालकहरु  धेरै जोखिममा रहेको बताउनुहुँदै यस प्रति सरकारी निकायले ख्याल गरी उनिहरुको बिमा र थप सुबिधा प्रति ध्यानाकर्ष गराउनुभएको थियो ।  नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकमा आबद्ध छापा,टेलिभिजन,रेडियो,अनलाईका क्रियाशिल सञ्चारकर्मीहरुलाई प्रेज ज्याकेट र एन ९५ माक्स वितरण गर्ने क्रममा उहाँले आफुले सके सम्म सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।कार्यक्रममा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका जिल्ला सचिब दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्व अध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका सल्लाहकार बद्रिराज तिमल्सिना, नेपाली काँग्रेस क्षेत्रीय सह सभापति एंव प्रदेश सभा १(ख) सभापति रमेशप्रसाद हुमागाई, नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार सुन्दरमणि आचार्य, महासमिति सदस्य हेम लामा, ट्रेड यूनियन जिल्ला उपाध्यक्ष सन्तोष गौतम, नेपाली काँग्रेस जिल्ला सदस्य समिर ब्याञ्जु, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य डिलबहादुर थोकर ग्याम्जो, नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका अध्यक्ष कपिल कोइराला, प्रेस संगठन काभ्रेपलाञ्चोकका अध्यक्ष भुवन रायमाझि लगायत नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकमा आबद्ध क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । 
यस अघि जिल्लाका १३ वटै स्थानिय तहमा पुगी प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरुका हातमा स्थानिय तहमा रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि पर्याप्त पिपिइ सेट,माक्सहरु वितरण गर्नुभएको थियो । कोरोना रोकथामको स्वाथ्य सामाग्री पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, धुलिखेलका उप–मेयर बिमला शर्मा चौंलागाई, पनौती नगरपालिकाका मेयर भिम न्यौपाने, बनेपाका मेयर लक्ष्मीनरसिं बादे, नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना, मण्डनदेउपुरका मेयर टोकबहादुर वाइबा, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, चाँैरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम, रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँबर, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ,महाभारत गाउँपालिका का अध्यक्ष कान्छामान जिम्बा,खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाल लाई हस्तान्तरण गर्नु भएको थियो । 
 महामारी रोकथाम तथा नियन्त्रणमा जिल्ला भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुका लागि थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले आवश्यक स्वास्थ्य सामाग्री ब्यवस्थापन गरिएको नेता हुमागाईको भनाई थियो । सरकारले आम नागरिकको स्वास्थ्य सुरक्षाको लागि आशातित कार्य गर्न नसकेको भन्दै नेपाली काँग्रेस सधैं जनताको दुःख सुखको साथी रहेको भन्दै जनताको सेवामा दिनरात खटिने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो कोरोनाको महामारीको समयमा यो त्यो भन्नु भन्दा पनि जसले जहाँबाट सकिन्छ त्यहाँ बाट सहयोग गर्नुपर्छ । त्यसैले त नेपाली काँग्रेस नेपाली  जनताको दुःख सुखको साथी हो । 
आफु श्रमिक नेता भएको हुँदा पत्रकारको पक्षमा सधैं आफु सहयोगको लागि तयार रहेको बताउनु भयो । उहाँले पत्रकारहरुलाई आफु सुरक्षित भएर सबैलाई सुचना प्रवाह गर्न आग्रह गर्नुभयो । पहिला आफु सुरक्षित रहनुहोस् त्यस पश्चात सबैलाई सुचना प्रवाह गर्नुहोस् । तपाईहरु भनेको देशको चौथो अङ्ग हो । पत्रकारहरुलाई केही राहत होस् भन्ने हेतुले प्रेस ज्याकेट र माक्स वितरण गरिएको बताउनु हुँदै अबका दिनमा पनि सहयोग गरिरहने बताउनु भयो । अब झनै भयाबहको अबस्था सिर्जना हुन लागेको बताउँदै सबैलाई सुरक्षित भएर बस्न र आफु बाँच्न र अरुलाई बचाउन सबैलाई आग्रह गर्नुभयो । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter