कम्युनिष्टसँग भिड्न सक्ने नेता कार्यकर्ता काग्रेसलाई आवश्यक छः पौडेल

1 महिना अगाडी

धरान । अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन बहस सुरु गरेका छन् । 
राज्य व्यवस्थालाई अब सर्वसत्तावाद तर्फ उन्मुख गराउदै छन् । उनीहरु २०४६ सालमा कम्युनिष्ट नारा चल्दैन भनेर जनताको बहुदलिय जनवाद भनेर जनतालाई झुक्याएका थिए । बहुलवाद मान्ने भनेर जनतासंग भोट मागेर आज दुईतिहाई नजिक पुगेपछि कम्युनिष्ट आर्दश अनुसारको शासन व्यवस्थाको बहस सुरु गरेका छन् । उनीहरुले आफ्नो इच्छा संविधान बनाउने बेलामा पनि प्रकट गरेका थिए । तर हामीले त्यो बेलामा उनीहरुको इच्छालाई रोकियो । लोकतान्त्रीक पद्दतीको शासन व्यवस्था हुने गरि संविधान बनायौ । तर अहिले उनीहरु संविधान बनाउने क्रममा देखाएका कम्युनिष्ट आर्दशलाई कानुन बनाएर प्रयोग गर्न लागिरहेका छन् । कानुन बनाएर शासन गर्न लागेका छन् । संविधानलाई रद्दीको टोकरीमा फालेर नयाँ नयाँ कानुन बनाउन कम्युनिष्टहरु लागेका छन्  । 
हाम्रो कमजोरीका कारण जनताका आँखामा छारो हालेर कम्युनिष्टहरुले जनमत ल्याए । अहिले त्यही जनमतको दुरुपयोग गर्न लागेका छन् । नेपाली जनताले कम्युनिष्टहरुलाई बहुलवाद मास्न कम्युनिष्ट शासन लागू गर्नका लागि मत दिएका होइनन् ।
उनीहरु अहिले शितलनिवासलाई शक्तिशाली बनाउने दाउमा छन् । राष्ट्रपतिलाई शक्तिशाली बनाएर राष्ट्रपति शासन लागु गर्ने तयारीमा छन् । यो संविधानसभाले बनाएको संविधानको मर्म विपरित हो । संविधानलाई पन्छाउदै विभिन्न कानुन बनाएर उनीहरु राष्ट्रपतिको अधिकार बढाउने तयारीमा छन् । कम्युनिष्टहरु ताली मात्रै बजाउने जनमत तयार गर्दैछन् । जनता भनेको कम्युनिष्ट पार्टीको सर्मथन गर्ने मात्रै हुन भन्ने कम्युनिष्ट आर्दश अनुसार अहिलेको सरकारले काम गरिरहेको छ । सरकारको सर्मथन नगर्नेलाई सरकार छानि छानि बदनाम गराउन लागेको छ । 
क्याविनेटमा प्रस्ताव लैजाने प्रधानमन्त्री र मुख्यसचिहरुलाई सरकारको निर्देशनमा अख्तियारले चोख्याएको छ । अनि एउटा मन्त्री र सचिवलाई फसाइएको छ  । यो भनेको रातो झण्डा ओढेपछि सवै खत माफ हुन्छन भन्ने हो । वाइडवडिको छानविन हुन्न । माओवादी शिविरमा भएको भ्रष्टाचारको छानविन हुन्न । भ्रष्टाचारका ठूला ठूला काण्ड किन लुकाउन खोजिदै छ । संवैधानिक निकायलाई सरकारको आज्ञापालक बनाइएको छ । उनीहरुलाई आफ्नो अनुकुल हिडाउने कोशिश भइरहेको छ ।
चुनाव हारेको दिनदेखि धरानमा तिलक राईले घर घर पुगेर जनताको दुख सुखमा साथ दिएर जनतालाई प्रभावित बनाउनुभयो । चुनाव लड्ने मान्छेले आफुलाई निर्विवाद र निर्विकल्प बनाउनुपर्छ । जनताको मागलाई सम्बोधन गर्नु जनताको सुख दुखमा साथ दिनु राजनीतिक नेता कार्यकर्ताको सफलता हो । जसले जनताको सुख दुखमा साथ दिन्छ तीनै राजनीति नेता कार्यकर्ताले सफलता पाउछन् । राजनीति नेता कार्यकर्ताको अर्को सफलता भनेको क्रियाशीलता र कर्मशिलता हो । नेतृत्व जति क्रियाशिल हुन्छ त्यती नै जनतासम्म पुग्न सहज हुन्छ । कर्मशिल भएर लाग्ने नेता कार्यकर्तालाई राजनीति दलले अन्याय गर्न सक्दैनन् । 
कर्मशिल र क्रियाशील नेता कार्यकर्ताको पक्षमा आम जनता हुनेभएकाले राजनीति पार्टीले उनीहरुलाई उपेक्षा गर्न सक्दैनन् । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । निष्ठावान आर्दशवान सवै मानिस कांग्रेसमा छन् । हामीले कम्युनिष्टसंग निष्ठाको लडाई लड्नुपर्छ । अब ओरल्ली मोरल्ली र पोलिटिकल्ली कम्युनिष्टसंग लडाई लड्न सक्नुपर्छ । ओरल्ली मोरल्ली र पोलिटिकल्ली कम्युनिष्टसंग भिड्न सक्ने नेता कार्यकर्ता कांग्रेसलाई आवश्यक छ ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter