कम्युनिष्टहरु आफूईतरका विचारलाई स्विकार्दैनन्ः उपसभापति निधि

2018-06-08

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन् । उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्विकार नगर्ने समेत आरोप लगाए । 
गायक कृष्ण बि.क.कोे पहिलो गीति एल्वम् ‘झल्को’ बिमोचनको लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् । नेता निधीले ‘प्राणभन्दा प्यारो लाग्छ’ र ‘यो देशको माटो कसले छुन सक्छ’ जस्ता देशभक्ति गीतहरुका शब्दहरु गाएर आफ्ना धारणा राखेका थिए । उनले भने,‘लोकतन्त्रले मानिसलाई स्वतन्त्र बनाउन मद्दत गर्छ, हाम्रो समाजमा दुई थरिका प्रसँगहरु उठ्ने गर्दछन्, एउटा प्रजातान्त्रिक अर्को कम्युनिष्ट, कम्युनिष्टहरुले आफ्ना कुराहरु स्विकार गर्नेलाई मात्रै सम्मान गर्न सक्छन् तर लोकतान्त्रिक पक्षले आफ्ना बारेमा गरिएका आलोचना र कमजोरीहरुलाई सुन्छ् त्यसकारण गीत–संगीत क्षेत्रबाट कलाकारहरुले दबिएका आवाजहरुलाई उठाउनु पर्ने हुन्छ ।’
उनले भने,‘गीत सबै थोक हो, तत्कालिन राजा महेन्द्र शाहको पालामा आफूले भोगेको पीडा र कष्ट स्मरण गर्दै त्यतिबेला यही माटोमा जन्मिए बुद्ध, भृकुटी र सीता, यही माटोमा जन्मिएका थिए वीपी हाम्रा नेता जस्ता गीतहरु गाउँदै जेलजीवन भोगेका थियौं, आज हाम्रो छोरा, हाम्रो सम्पति कृष्ण भाईले जुन गीतहरु गाउँनुभयो बिमोचन गर्नको लागि मलाई प्रमुख अतिथि बनाउनुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले गीत सपना र विपना हो भन्ने धारणा राख्दै भने,‘गीत आन्दोलन हो, गीत गाली हो, गीत सम्मान हो, समवेदना, प्रेम, बिछोड सबथोक गीत हो, त्यसैले कृष्ण भाईले रोजेको पाटो राम्रो छ, भाईलाई हाम्रो साथ रहनेछ ।’
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी. साउदले गायक बिकले बजारमा ल्याएको पहिलो गीति एल्बम्ले पूर्ण सफलता पाउने विश्वास दिलाए । उनले भने,‘गायक भाई कृष्ण ठूलो सम्भावना बोकेको प्रतिभा हो, बहिष्कृत र पीछडिएको समुदायको माझबाट सम्भावना बोकेको गायकका रुपमा मैले लिएको छु।’
नेता साउदले गायक बि.क. राम्रो सम्भावना बोकेर अघि बढ्दै गरेको प्रतिभाको रुपमा लिएको बताउँदै आगामी दिनमा मेरो तर्फबाट हुने सम्पूर्ण साथ रहने विश्वास दिलाए । उनले भने,‘पहिलो पाईला नै जीवनको महत्वपूर्ण अवसर भएकाले राम्रोसँग यस क्षेत्रमा लाग्न आग्रह गर्दछु ।’

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter