भक्तपुर । भक्तपुरमा सम्पन्न कराते किक बक्सिङको उपाधी थिमी डोजोले उचालेको छ ।
विद्या आर्जन डोजोको आयोजना तथा भक्तपुर सास्कृतिक पर्यटन मेलामा आयोजना भएको उक्त प्रतियोगिताको उपाधी ६ स्वर्ण, २ रजत र ३ कास्यका साथमा थिमी डोजोले उचालेको हो ।
यस्तै खेलमा ५ स्वर्ण ६ रजत र ३ कास्य सहित भक्तपुर मेन डोजो द्धितिय भएको थियो । खेलमा ५ नै स्वर्ण , ४ रजत र ३ कास्य सहित सूर्यविनायकमा रहेको गोरिजियो डोजो तेस्रो भएको थियो ।
यस्तै उमेर समूह अन्तर्गत भएको खेलमा विद्या आर्जन स्कुल पहिलो भएको थियो भने समत स्कुल दोस्रो भएको थियो यस्तै हिम शिखर स्कुलले तेस्रो स्थान हाँसिल गरेको थियो ।
प्रतियोगितामा कराते तर्फ उत्कृष्ठ खेलाडी थिमी डोजोका रुपेश थापा र भक्तपुर डोजोकी सिरुसा भुजु भएका थिए भने किक बक्सिङ तर्फ भिम्मा तामाङ र सर्मिला तामाङ उत्कृष्ठ खेलाडी भएका थिए ।
खेलमा महिला तर्फ २५ केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ पनि २० केजी देखि ५५ केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो । यसका साथै खेलमा विद्यालय तर्फ भने उमेर समूह अन्तर्गत खेल खेलाईएको थियो ।
उमेर समुह अन्तर्गत भएका खेलमा छात्र तर्फ ७ बर्ष देखि १२ सम्मका खेलाडी सहभागी रहेका थिए भने छात्रा तर्फ भने ६ बर्ष देखि १२ बर्ष सम्मका खेलाडी सहभागी रहेका थिए ।
यस्तै खेलमा महिला किक बक्सिङमा ४५ केजी र ५० केजी पुरुषमा ४५, ५० ५५ केजी खेल खेलाईएको थियो ।
खेलमा ४१ वटा स्वर्ण पदकका लागि खेल भएको खेलका संयोजक सूर्य लामाले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष उकेश कवांले गरेका थिए । उनले खेलको माध्यमबाट सिमा विवादकका विषयमा समेत विरोध जनाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपाली , महेश रञ्जीतलाई सम्मान गरिएको थियो साथै जारी साफ गेमका २ स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो ।
भक्तपुर, काठमाडौं,ललितपुर,काभ्रे,सिन्धुपाल्चोक,सर्लाही, रामेछाप लगाएतका जिल्लाबाट खेलाडीहरु सहभागी रहेको खेल संयोजक सूर्य लामाले जानकारी दिए ।
खेलकुद कार्यक्रमको समापनमा नेपाल कराते महासंघका केन्द्रिय अध्यक्ष दावा गुुरुङ्गले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै उनले खेलकुदको विकास नभएसम्म हाम्रो समाजको पनि पूर्ण विकास नहुने बताएका थिए । उनले खेललले समाजको विकास हुने बताउँदै खेलका माध्यमबाट नै हामी स्वस्थ्य रहन सक्छौ र हामी स्वास्थ्थ रहे मात्र समाजको विकास हुन् सक्छ यसैले खेलको माध्यमबाट नै समाजको विकास हुने उनको धारणा थियो ।
कार्यक्रममा सोतोकानका प्रमुख प्रशिक्षक निवज गोपाल बैद्य, नेपाल कराते महासंघका कार्यालय प्रमुख राजन क्षेत्री गुरुङ लगाएतका अतिथिको उपस्थिती रहेको थियो ।
रामशरण त्वातीको रेफ्रि संयोजकत्वमा भएको खेलमा प्रशिक्षक पृथ्वी बासुकला, विजयी एण्डो, गणेश सुकमनी , गोजिरियोका प्रशिक्षक सानुकाजी नगरकोटी, थिमी डोजोका प्रशिक्षक उमेश श्रेष्ठ, रविना सुवाल, रितु श्रेष्ठ, सञ्जय लामा, सञ्जय रञ्जीत, कृष्ण दाहल,साहिला कमाल, कमल तामाङ लगाएतका प्रशिक्षकको उपस्थित रहेको थियो ।