कसरी बनाउने वक्षस्थललाई आकर्षक ?

2018-06-13

महिलाको समग्र सौन्दर्यको एउटा हिस्सा हो, स्तन एवं वक्षस्थल । यद्यपी स्तनको बनौट वा वान्कीले त्यस कुराको निर्धारण गर्छ, त्यो आकर्षक छ÷छैन भन्ने कुरा । सौन्दर्यको मानक अनुसार स्तन कस्तो हुनुपर्छ भन्ने एक किसिमको मापदण्ड हुन्छ ।
यद्यपी स्तन झोलिएको हुनसक्छ । शिथिल हुनसक्छ । धेरै भद्दा हुनसक्छ । अस्वभाविक सानो हुनसक्छ । यस किसिमको स्तनलाई आकर्षक मानिदैन । गर्भावस्था, हर्मोनको उतार(चढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया नै हो ।
यद्यपी स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ । कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ । सर्जिकल विकल्प पनि उपलब्ध छ । यद्यपी सबैभन्दा राम्रो विकल्प हो, प्राकृतिक तरिका । प्राकृतिक विधीबाट स्तन सुडौल बनाउन सकिन्छ यो प्रभावकारी पनि हुन्छ ।
कसरी बनाउने सुडौल स्तन ?
उन्नत र पुष्ट स्तनका लागि स्वास्थ्य पनि राम्रो हुनुपर्छ । शरीरलाई सहि पोश्चरमा राख्नुपर्छ । पोष्टिक भोजन नियमिन रुपले लिनुपर्छ । पुरा निन्द्रा लिनुपर्छ । मानसिक रुपले शान्त रहेर खुसी हुने प्रयास गर्नुपर्छ । यसा साथै हातले गर्ने काम गर्नुपर्छ, जसले स्तनको व्यायाम हुन्छ । स्तनको मसाज गर्नुपर्छ । यसले अविकसित वा सिथिल स्तन पुष्ट हुन्छ ।
स्तनलाई आकर्षक बनाउनका लागि केहि व्यायाम वा योगासन हुन्छ । त्यस्ता व्यायामलाई विधिपूर्वक अभ्यास गर्नुपर्छ । पुशअप जस्ता व्यायामले छाती कसिलो र आकर्षक बनाउन सकिन्छ । यससँगै उचित साइजको ब्रा लगाउनुपर्छ । ब्राको साइज सही हुनुपर्छ ।
जगकङ जस्तो व्यायाम गर्दा स्तन झोलिने हुन्छ यस्तो बेला स्पोर्ट्स ब्रा लगाउनुपर्छ ।
पुश अप
– आफ्नो दुबै हातको बलमा शरीरलाई उठाउने । कुहिना सिधा बनाउने ।
– शरीरलाई भूँइ अर्थात सतहमा सुताउने र र हातको बलले उठाउने । यसो गर्दा शरीर, खुट्टाको भाग खुम्चाउनु हुँदैन ।
– पुशअप गर्दा केवल कुहिना मोड्नुपर्छ शरीरको अन्य भाग मोड्नु हुँदैन । शरीरलाई तल लाने र माथि उठाउने अभ्यास गर्नुपर्छ । यस्तो अभ्यास निरन्तर २०(२५ पटक गर्नुपर्छ ।
वाल पुशअप
– भित्ताबाट करिब डेढदेखि दुई फिटको दुरीमा उभिने । आफ्नो उचाइ अनुसार दुरी कम वा ज्यादा गर्नुपर्छ ।
– दुबै हात सिधा गरेर भित्तामा राख्ने ।
– अब शरीरलाई भित्तामा झुकाउने र उठाउने अभ्यास गरौं । यस किसिमको पुशअप ३५ देखि ४० पटक गर्नुपर्छ ।
चेस्ट डिप्स
– दुबै हातलाई कम्मरभन्दा पछाडि लाने र कुनै कुर्सी वा बेन्चमा लगरे अड्याउने । बसेको पोजिसनमा घुँडालाई थोरै मोड्ने ।
– अब हातको कुहिना मोड्दै शरीरलाई तल र माथि गराउने ।
– यो प्रकारको चेस्ट डिप्स १५ देखि २० पटकसम्म गर्नुपर्छ ।
चेस्ट स्कीज
– बेन्च वा कुर्सीमा बस्ने । कम्मर सोझो पोजिसनमा राख्ने । दुबै हातले एउटा बल समात्ने ।
– दुबै कुहिना र बल काँधभन्दा माथि उठाउने ।
कसरी मसाज गर्ने ?
– एउटा हातको हत्केला स्तनको तल राख्ने । स्तनलाई हातमा राख्न दिने र अर्को हातलाई स्तनको माथि राख्ने ।
– अब दुबै हातले गोलाकार घुमाउँदै मालिस गर्ने ।
– अब माथिको हात तल र तलको हात माथि राखेर मालिस गर्ने ।
कसरी रोक्ने सिथिलता ?
यसका लागि प्राकृतिक उपाय छ । जस्तो कि, योग, व्यायाम, मसाज । स्तनलाई सुडौल बनाउने आफ्नै किसिमको व्यायाम हुन्छ ।
व्यायाम गर्नुअघि स्पोट्स ब्रा लगाउनुपर्छ, जसले प्रत्येक जम्प वा स्टेपमा स्तनलाई कसिलो बनाउँछ ।
पिठ्युको बलले सुत्नुपर्छ, यसले स्तनको मांसपेशीलाई लाई कसिलो बनाइराख्छ ।
शरीरको मोटोपन घटबढ, हर्मोनल परिवर्तन आदि कारणले स्तन ठूलो वा सानो हुनसक्छ । त्यसैले यस्तो अवस्थामा सहि किसिमको ब्रा लगाउनुपर्छ । अर्थात फिटिङ्स ब्रा लगाउनुपर्छ ।
स्तनमा चिसो पानी अर्था बरफले रगड्नुपर्छ, जसले यसलाई सिथिल हुनबाट बचाउँछ ।
छातीको मांसपेशीलाई बलियो बनाउनुपर्छ । यसका लागि पुश(अप राम्रो उपाय हो । नियमित रुपले पुशअप गरौं । सुरुमा धिमा गतिमा र विस्तारै तिव्र गतिमा पुशअप गर्नुपर्छ ।
उत्तानो परेर सुत्ने । दुबै हातमा डेढदेखि पाँच किलोसम्मको तौल (भार) लिएर उठाउने र राख्ने अभ्यास गरौं । एजेन्सीहरुको सहयोगमा


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter