कसैको मुखमा वा पाइतालामा पाठेघर हुँदैनः श्रेष्ठ

26 दिन अगाडी

काठमाडौँ। समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मनुवादीहरूले शिल्पीहरूमाथि उत्पीडनका लागि हिन्दू वर्णव्यवस्था, देव, असूर जस्ता पात्रहरू सिर्जना गरेको बताउँदै भने, ‘आजको विज्ञानको युगमा व्रम्हाको मुख, पाखुरा, पेट वा पाइतालाबाट बच्चा जन्मने कुरा कल्पना गर्न सकिन्न । कसैको मुख वा पाइतालामा पाठेघर हुँदैन । यो विज्ञानसम्मत कुरा नै होइन ।’ उनले उक्त कुरा पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा रामशाहपथमा भएको शिल्पीहरू पहिचान र संस्कृति विषयक कार्यशाला गोष्ठीमा बताएको हो ।
नेपाल बास्तवमा सम्पूर्ण स्रोत साधनले सम्पन्न भए पनि मनुवाद र वर्णवादले पछि परेको बताउँदै प्रमुख अतिथि श्रेष्ठले भने, ‘कामदार वर्गलाई उत्पादनका साधनहरूबाट वञ्चित गराउन नै वर्णवादी शासकहरूले तथाकथित देव, असूर, स्वर्ग, नर्क आदिको कथा रचे । शिल्पी समुदायमाथि तथाकथित दलितको संज्ञा दिई अछुतको व्यवहार गरे ।’ उनले भने, ‘यहि कुरा सुधार्नका लागि नै देशमा सङ्घीयता, समानुपातिकता र समावेशीता, आवश्यकता भएको हो ।’ उनले गैरभौगोलक सङ्घीयता सम्भव छैन भन्नेहरूलाई अष्ट्रिया, रुस आदि देशको अनुभवबाट सिक्न चुनौति दिए ।
नेता श्रेष्ठले समाजवादी पार्टीले शिल्पीहरूका लागि नेकपा र नेपाली काङ्ग्रेसले जस्तो भातृ सङ्गठन मात्र नबनाई पार्टी सरंचनाको रूपमा गैरभौगोलिक सङ्घीयताको मान्यताअनरूप शिल्पी विशेष प्रदेश समेत बनाएको बताउँदै भने, ‘अब शिल्पी समुदायले पनि पहिचानसहितको सङ्घीयताको झण्डा उठाउनु पर्छ र देशमा सङ्घीय गणतन्त्रभित्र राजकीय सत्ता र शासनाधिकार सहितको विशेष प्रदेशका लागि सङ्घर्ष गर्नु पर्छ । शिल्पी विशेष प्रदेश नबने सङ्घीयतामा शिल्पीहरूको पहिचान र शासनाधिकार स्थपित हुँदैन ।’
उक्त कार्यक्रममा पार्टीका उपमहासचिव दानवहादुर विश्वकर्मा र शिल्पी विशेष प्रदेशका मुख्यसचिव डिबी नेपालीले शिल्पी समुदायको पहिचान र संस्कृतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । शिल्पी विशेष प्रदेशका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा पार्टीका उपाध्यक्ष नवराज सुवेदी र हिसिला यमी, महासचिव गंगा नारायण श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी र डम्बर खतिवडा लगायतका केन्द्रीय नेताहरूको पनि अर्थपूर्ण सहभागिता थियो । गोष्ठीको सञ्चालन साजन घटानीले र स्वागत ज्ञान कुमार परियारले गरेका थिए ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter