चिसोका कारण जमेर बरफ बनेको नदीमा मानिसको हातका दर्जनौँ टुक्रा फेला परेपछि त्यसले ठूलो रहस्य सिर्जना गरेको छ ।
सुदुरपूर्वी साइबेरियास्थित खाब्राओभ्स्क सहर नजिकै अमुर नदीमा ५४ वटा मानव हात फेला परेका हुन् । स्थानीय बासिन्दाले पहिलोपटक जमेको पानीमा मान्छेका हात देखेका थिए । ती मध्ये ५३ वटा झोलाभित्र थिए भने एउटा बाहिरै थियो ।
ती लास को मानिसका हुन् भन्ने पत्ता लागेको छैन । मान्छेका लासको तस्करी गर्ने तस्करहरुले औँठाछापबाट मान्छेको पहिचान नहोस् भन्नका लागि लासको हात काटेर फ्याँकिदिएको र बाँकी सरीर लिएर गएको हुनसक्ने अनुमान गरिएको छ । कतिले अस्पतालमा दुर्घटना वा रोगका कारण हात काट्नुपर्ने अवस्थाका मानिसका काटिएका हात भएको हुनसक्ने पनि अनुमान गरेका छन् । पुलिसले यसबारेमा केहीपनि बताएको छैन । एजेन्सी