कांग्रेसको भविष्य

2018-03-09

विनोदराज मोक्तान

अन्ततः प्रधानमन्त्री पदबाट शेरबहादुर देउवाले राजीनामा दिएसँगै एमाले अध्यक्ष केपी ओलीले सत्ताको बागडोर सम्हालिसकेका छन् । आलोचनाका बावजुद संवैधानिक प्रक्रिया पुरा गर्न सत्ता लम्बाउनुपरेको जवाफ देउवाले सरकारबाट बहिर्गमन हुँदै गर्दा आफनो सम्बोधनका क्रममा दिए ।  देउवाको चौंथो प्रधानमन्त्रीकालमा संविधान कार्यान्वयनका लागि महत्वपुर्ण निर्वाचन सम्पन्न भए ।   प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचन सम्पन्न गराउनु आफ्नो मुख्य उपलब्धी भएको दाबी देउवाले फागुन ३ गते  राष्ट्रवासीको नाममा गरेको सम्बोधनमा गरे । उनले दोस्रो चरणको स्थानिय निर्वाचन पनि आफ्नो कार्यकालमा सम्पन्न गराएका थिए । आफ्नो दल नेपाली कांग्रेसले पराजय भोगेतापनि तीन तहको सफल  निर्वाचन गराएर उनले  संघियताको कार्यान्वयनतर्फ देशलाई अगाडी बढाए । यो निश्चयपनि देशका लागि ठुलो उपलब्धी हो । संविधानमा असनेष राख्दै आन्दोलनमा रहेका मधेशवादी दलहरुलाई समेत निर्वाचनमा सहभागि हुने अवस्था सिर्जना गर्नुको श्रेय देउवालाई जान्छ नै । 
 पार्टी सभापतीको हैसियतले निर्वाचनमा पराजयको अपजस बढी देउवामाथी नै जान्छ । तर,पराजयमा एउटा मात्र व्यक्तिको दोष नभई पार्टीको संरचनागत त्रुटी नै मुख्य कारण मान्न सकिन्छ । नेपाली काँग्रेस लामो समयदेखि गुट र उपगुटको सिकार हुँदै आएको छ । यस पटकका निर्वाचनमा टिकट वितरणदेखि रणनीति तयार गर्दा सम्म यि गुट र उपगुटहरु सक्रिय भए । यसर्थ यसको  जिम्मेवारी पनि रामचन्द्र पौडेल, सशांक कोइराला र कृष्ण सीटौला जस्ता सबै नेताहरुको भागमा पनि पर्छ । आरोपप्रत्यारोपबाट मुक्त हुँदै कांग्रेसले आफनो  पुर्नजीवनकालागि समग्र पार्टीमा संरचनागत परिवर्तन ल्याउन जरुरी छ । निर्वाचन पराजयको समीक्षा र भावी रणनीति तय गर्न निकट भविष्यमा  महासमिति बैठक पक्कै आव्हान गरिएला । सो बैठकसँगै पार्टी सभापती देउवाको सामु  चुनौतिहरु थप हुनेछन । देशमा कम्युनिष्ट भनिने पार्टीहरु स्थानीयदेखि प्रदेश र केन्द्रसम्म शक्तिशाली हुँदै आउँदा अब कांग्रेसको भविष्य के होला ? प्रश्न चारैतिर छ । बेलैमा सच्चीएर संगठनलाई चुस्त दुरुसत गर्दै जनताकोबिचमा जान सके कांग्रेसमा सुधारको गुन्जायस पक्कै छ । तर,  कांग्रेसले निर्वाचन पराजयका कारणहरुका बारेमा पहिला कठोर समिक्षा गर्दै त्यसको निराकरण गर्नु पर्दछ । यि आलोचनाकाबिच सभापति शेरबहादुर देउवा कसरी अगाडी बढछन ? अहिले देशैभरका कांग्रेसजनले हेरिरहेका छन् ।  गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाहरुको निधन पश्चात कांग्रेसमा नेतृत्वको संकट देखा परेको हो । छोटो कालखण्डमा शुसील कोइरालाले नेतृत्व गरेपनि उनको निधन पश्चान १३औं महाधिवेशनमा देउवा  सभापति बने ।  तर महाधिवेशनले पार्टी जीवनमा सुधार हुने जुन अपेक्षा , विविधकारणहरुले त्यो हुन सकेन । किनकि हामी देउवाबाट मात्र त्रेय नेता जस्तो नेतृत्वको अपेक्षा गर्न सक्दैनौ । ०४७ सालमा प्रधानमन्त्रीका रुपमा गिरिजा प्रसाद कोइरालाले सत्ता सम्हालेदेखि पार्टी आन्तरिक कलहमा डुबेको हो । यसका लागि नेता त्रयनै जिम्मेवार छन् । त्यहि बेलादेखिको गुट उपगुट र अन्तर्घातको सँस्कृतिले यसपालीको निर्वाचनमा पनि पार्टीलाई गाँज्यो । यहि हो संरचनात्मक त्रुटी । त्यहि बेलादेखि नेता त्रय पश्चात पार्टीको भावि नेतृत्वमा देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यको नाम आएको हो । शैलजा आचार्यको निधन भयो भने रामचन्द्र पौडेल अझै पनि पार्टीको एक गुटको नेता छन् । यि तिनजनाको नाममा शेर बहादुर देउवामात्र अहिले सम्म नेतृत्व पंक्तिमा पुगे । तत्कालीन नेता गिरिजा प्रसाद कोइरालाको विकल्प खोज्नेहरुले देउवालाई आफ्नो नेता माने कोइरालासँग व्यापक असहमती भएपछि देउवाले केहि काल नेपाली काग्रेस (प्रजातान्त्रिक) को नेतृत्व गरे । राजा ज्ञानेन्द्रको अलोकप्रिय निरंकुश शासनको पतन पछि देउवा मूल पार्टीमा फर्के । विद्यार्थी जीवनदेखि प्रजातान्त्रिक राजनीतिक आन्दोलनमा होमीएका देउवा विभिन्न चरणमा गरेर चौथो पटक प्रधानमन्त्री बने । १३औ महाधिवेशनले सभापतिको जिम्मेवारी दिएपछि यस निर्वाचनको परिणामपछि  देउवाको नेतृत्व आलोचित बनेको छ । यहि आलोचनाहरुका बिच उनले आफ्नो राजनीतिक भविष्य खोज्नुपरेको छ । देउवाले लिने निर्णयमै कांग्रेसको भविष्य पनि निर्भर छ । उनको कटु आलोचक मध्ये शेखर कोइरालाले पनि आफुलाई नेतृत्वको दाविकर्ताको रुपमा पेश गरेका छन् । युवा नेतृत्वलाई पार्टीको कमाण्ड सुम्पिनुपर्ने आवाजपनि उठेको छ । देउवाले प्रभावशाली युवा नेता विश्व प्रकाश शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएर पार्टीमा युवाहरुको भुमिकालाई स्वीकारेको सन्देश दिएका छन् । 
 पार्टी उमेरभन्दा पनि विचारले चल्ने हो । विचार युवा हुने हो भने उमेरले खास फरक पर्दैन । विचारको युवापनकै कारणले भारतका नरेन्द्र मोदीले आफुभन्दा कान्छा राहुल गान्धीलाई लोकसभाको गत चुनावमा पराजयमा पु¥याए । आधुनिक चीनका जन्मदाता देङ स्याओ पिङले विचारको युवापनका कारणबृद्ध अवस्थामा पनि राष्ट्रको पुननिर्माण गरे । यसर्थ नेपाली कांग्रेसलाई पुनः जिवन दिनकालागि देउवाले आफुलाई समयानुकुल पार्दै युवाहरुको आवाजलाई ध्यान दिँदै अघि बढनुपर्छ ।  प्रजातन्त्र पुनस्र्थापना भएको करिब ३ दशक वितिसक्न लाग्दा कांग्रेस नीति मुखी होइन नेतामुखी मात्र रहनु विडम्बना हो ।  सभापति देउवाले पार्टीको संरचनात्मक परिवर्तन गरि नीतिमुखी पार्टी बनाउनुपर्छ । हुनत, देउवाकै कार्यकालमा दलित, जनजाती र महिलाहरुलाई समावेशी बनाउने काम भयो । तर, निर्वाचनमा पार्टीले यस्को जस लिन सकेन । एकथरी आलोचकहरुले  काग्रेस राष्ट्रियताको मामीलामा कमजोर भएको आरोप लगाए ।  निर्वाचनमा वाम गठबन्धनको सफलता हेर्दा राष्ट्रियताको मुद्धा पनि पार्टी कमजोर भएको देखियो ।  तर, देउवाले राष्ट्रवासीहरुको नामा सम्बोधन गर्दा कुनै एक भेगका जनताले अधिकारको कुरागर्दा राष्ट्रविरोधी देख्ने अवसरवादको अन्त्य चाहेको बताएका छन् ।  कांग्रेसमा राष्ट्रियताको विषयमा सबैभन्दा चिन्तित वी.पी. कोइराला थिए । यसर्थ कांग्रेसले राष्ट्रवादको विषयमा आलोचना गर्ने मात्र होइन, आफूपनि अब्बल देखिनु पर्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा बोकेको कांग्रेसको इतिहास आज सबैभन्दा जटिल मोडमा छ । यसर्थ यस जटील मोडबाट पार्टीलाई जति सक्दो पार गराउन सके देउवाको सभापतित्वकाल सार्थक देखिन सक्छ । कांग्रेसपार्टी साम्यवादीहरु जसतो महाभाष्य बोकेको “यूटोपीयन” पार्टी होइन । यसर्थ राष्ट्र र अन्तराष्ट्रिय परिवेशका जीउँदा जाग्दा यथार्थका बिच नेपाली जनताको आसा र भरोसाको केन्द्र विन्दुमा रहन सक्नुमा नै सबैको भविष्य छ । नत्रभने कांग्रेस इतिहासको मात्र विषय नरहला भनेर भन्न सकिन्न । यसको निर्णय कांग्रेसले प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्छ , त्यसमापनि भर पर्दछ । जस्ले जे भनेपनि २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कंग्रेसको नराम्रो पराजय हुन अनुमान हुँदा पनि देश, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर गिरजा प्रसाद कोइरालाले निर्वाचन गराएका थिए अहिले देउवाले पनि केन्द्र र प्रदेशको निर्वाचन गराएर १० वर्ष देखीको संक्रमणकालको अन्त्य गरेका छन् । यो नै उनको सबै भन्दा ठूलो उपलब्धि हो । 
पार्टीमा अनुशासन समिति विधानमा छ,व्यवहारमा छैन । यस्तो अवस्था रहेसम्म संगठन सुदृढिकरण हुनसक्दैन । महाधिवेशनको मुखमा क्रियाशिल शुल्क एकमुष्ट बुझाउने चलन छ । त्यसलाई मासिक तिर्ने व्यवस्थ ागर्ने हो भने कार्यकर्ता र नेतृत्वको बिचमा निरन्तर सम्पर्क स्थापित हुने छ । भ्रातृसंस्था वडातहदेखि गाउँ,नगर,जिल्ला हुँदे केन्द्रले हारको जिम्मा लिँदै आफैबाट सुधारको संकल्प गर्नुपर्छ । छायाँ सरकारका रुपमा काम गर्दै जनताको मन जित्न कांग्रेसले मेहनत गर्नुृपर्छ । त्यसो गर्न सकेमा ४ वर्षमा १५ देखि बीस लाख नयाँ मत थप्न असमभव छैन । सबैले इमान्दार प्रयत्न गर्ने हो भने कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ । 
(लेखक जनसम्पर्क समिति युरोपका उपाध्यक्ष हुन)

 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter