कांग्रेस कम्युनिष्टजस्तो नेतामुखी होइन नीतिमुखी बन्नु पर्छः श्रेष्ठ

1 महिना अगाडी

ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ वैकल्पीक राजनीतिक शक्ति कांग्रेस कम्युनिष्ट जस्तो नेतामुखी होइन, नीतिमुखी बन्नु पर्छ, जनताको बीचमा पुँजीवादीहरूले जस्तो नेताहरूको ब्रान्ड बोकेर होइन समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर जानु पर्छ भन्ने कुरा बताएका छन् । उनले उक्त कुरा ३ नम्बर प्रदेशको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा बताएको हो ।  
सहअध्यक्ष श्रेष्ठले समाजवादी पार्टीमा पुराना पार्टीहरूको मात्र होइन छिमेकी देशको नेतामुखी कार्यशैली नक्कल गर्ने प्रवृत्ति पनि यदाकदा देखापर्ने गरेको बताउँदै समाजवादी पार्टी नयाँ ढंगको पार्टी भएकोले  समाजवादी आचरण र व्यवहारसहित फरक रूपमा जनताको बीचमा जानुपर्ने बताए ।  
पार्टीको सिद्धान्त समुन्नत संघीय समाजवादबारे बोल्दै उनले भने, ‘समुन्नत संघीय समाजवाद नेपाली विशेषताको समाजवाद हो । यो कम्युनिष्ट पार्टीहरूले भनेजस्तो माथिबाट लाडिएको नोकरशाही प्रवृत्तिको समाजवाद वा राजकीय समाजवाद होइन न त नेपाली कांग्रेसले भने जस्तो लोकतान्त्रिक समाजवादको नाममा उदारीकरण, निजीकरण र भूमण्डलिकरणको यन्त्र वा सुधारिएको पुँजीवाद नै हो । हामीले भनेको समाजवाद व्यक्तिको निजत्व र पहलकद्मी प्रष्फुटित हुने, जगैबाट उठेको र समुन्नत संघीय शासन प्रणाली भएको समाजवाद हो । संघवाद र समाजवाद यसका दुई मुख्य सैद्धान्तिक आधार हुन् ।’
नेता श्रेष्ठले आफ्नो पार्टीले पहिचानसहितको संघीयता, सुशासन र समतामुलक समृद्धिमा जोड दिएको बताउँदै त्यसका लागि समाजवादी पार्टी बलियो हुनुपर्ने बताए ।
नेकपामा बसेर पहिचानको मुुद्दा उठाउनु बयल गाडा चढेर आकाशको फल टिप्नु जस्तै हो ।
नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले पहिचान दिन्छ भनेर कतिपय व्यक्तिहरू अझै आशावादी भएकोमा कटाक्ष गर्दै भने, ‘नेकपामा बसेर पहिचानको मुुद्दा उठाउनु बयल गाडा चढेर आकाशको फल टिप्न खोजेजस्तो हो, त्यो सम्भब छैन । प्रचण्डले जनयुद्धको बेला बोकेको पहिचानको झण्डा ओलीको काँधमा विसाएको छ । अब ओली र प्रचण्ड दुबै कर्णाली, गण्डकी हुँदै वागमतीको पहिचान खोज्दै महेन्द्रपथतिर लम्केको छ ।’
गोकर्ण रिसोर्ट प्रकरण, एनसेल प्रकरण, ललिता निवास प्रकरण आदिले के।पि।ओलीको सुशासन र भ्रष्टाचार अन्त्यको राजनीतिक नारा उदांगिएको बताउँदै श्रेष्ठले भने, ‘गोकर्ण रिसर्ट प्रकरणमा नेपाल ट्रष्टको नाममा रहेको सार्वजनिक सम्पतिलाई व्यापारिक प्रयोजनका लागि समेत प्रयोग गर्न दिएर नीतिगत भ्रष्टाचार र कमिशनतन्त्रलाई प्रोत्साहित गरे, एनसेल प्रकरणमा कमिशनखोरहरूसँग सांठगांग गरे र ललिता निवास प्रकरणमा आफ्ना नेता कार्यकर्ताहरूलाई बचाउन मालपोतबाटै कागजातहरू गायब गराए । यस्ता भ्रष्ट आचरण भएका नेताहरूबाट देशमा सुशासन र समृद्धि प्राप्त हुँदैन ।’
नेता श्रेष्ठले सभामुख प्रकरणमा पार्टीको अन्तरविरोध हल गर्न नसकेर देशलाई नै वन्धक बनाएको, सञ्चार क्षेत्रलाई सूचना प्रविधी विधेयक, विषेश सेवा सम्बन्धी विधेयक आदि ल्याएर आतंकित पार्न खोजेको बताए । हिजो कम्युनिष्ट पार्टीलाई मत दिनेहरूले अब हाम्रो मत फिर्ता गर भन्न थालेको बताउँदै नेकपाको गठबन्धनले निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताए ।
३ नम्बर प्रदेशका अध्यक्ष सोनाम सिं स्याङ्तानले अध्यक्षता तथा मुख्य सचिव मोहन बराइलीले संचालन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि, पार्टीका उपाध्यक्ष तथा ३ नम्बर प्रदेशको अनुगमनकर्ता हिसिला यमीले आफ्नो पार्टीले पहिचानको लागि दश प्लस एकको राज्य पुनर्संरचना आयोगको प्रस्तावलाई समर्थन गरेको मात्र नभई पार्टीभित्र त्यसको संरचनाहरू समेत निर्माण गरेको बताए । उनले आफ्नो पार्टी ३ नम्बर प्रदेश नेवाः ताम्सालिङ हुनुपर्ने पक्षमा रहेको बताउँदै वागमती प्रदेशको घोषणाको विरुद्ध रहेको बताए । उनले पार्टीको चार मुख्य अवधारणा संघीयता, सुशासन, समृद्धि र समाजवाद भएको बताए ।
त्यसरी नै अर्का विशिष्ट अतिथि उपमहासचिव डम्बर खतिवडाले विसु अभियानले पार्टीको मात्रात्मक विकासको लागि विस्तार र गुणात्मक विकासको लागि सुदृढीकरणको अभियान लिएर गाउँ गाउँमा पार्टी निर्माणको कार्य अगाडी बढाउने भन्दै आउने साढे दुईवर्षभित्र देशकै ठूलो पार्टी निर्माण गरेर देखाउने बताए । उनले सबै अभियन्ताहरूलाइै अभियानको लागि अमियान नभई ठोस उपलब्धी हासील हुने गरी काम गर्न अनुरोध गरे । कार्यक्रममा नेवाः राष्ट्रिय समितिको अध्यक्ष मनरत्न शाक्यले स्वागत, गैरभौगोलक विशेष प्रदेशका अध्यक्ष इश्वर रिजालले कार्यक्रमको उद्देश्य र ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष कृष्ण कुमार घलानले धन्यवाद ज्ञापन गरेका  थिए । उत्साहपूर्ण वातावरणमा भएको उक्त कार्यक्रममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठकको पनि उपस्थिति रहेको थियो ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter