काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै होः सहअध्यक्ष श्रेष्ठ

1 महिना अगाडी

ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टीमा कार्यरत तथा स्थानीय समाजसेवी युवाहरूलाई पार्टी प्रवेश गराएका छन् । उनले ललितपुरको ग्वार्कोमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो । भुक्तानीका लागि दिएको चेकको पैसा लिन जाँदा बैंक खातामा पैसा नभए जस्तै उनीहरूले भनेको समाजवादमा समाजवादको ‘स’ पनि छैन ।’
नेता श्रेष्ठले मुहान नै धमिलो भए स्वच्छ पानी नआउने भन्दै पुराना राजनीतिक दलहरू भ्रष्टाचार र व्यभिचारको पर्याय बनेको बताए । उनले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने लक्ष्य राखेको बताए । उनले समाजवादी पार्टीले पुराना पार्टीहरूले जस्तो एकल जातीय पार्टी नबनाउने बताउँदै आफ्नो पार्टीले जस्तो समाज उस्तै पार्टी, जस्तो समाज उस्तै राज्यको परिकल्पना गरेको बताए ।
पार्टीका सहअध्यक्ष समेत रहेका श्रेष्ठले समाजवादी पार्टीले सिद्धान्तमा मात्र नभई सङ्गठन र कार्यशैलीमा पनि नयाँपन ल्याउनुपर्ने बताए । पुँजीवादीहरूले नेताहरूलाई ग्रेटम्यान ठानेर देवत्वकरण गर्ने गरेको छ । त्यसको सिको गर्दै आफ्नो पार्टीमा पनि पुँजीवादी विकृति भित्रन सक्ने भएकाले सतर्क रहनुपर्ने बताए । उनले नेताहरू आउँछन् जान्छन् तर नीति निरन्तर अगाडी बढ्ने बताउँदै समाजवादीहरूले नेताहरूको ब्रान्डनेम होइन समुन्नत सङ्घीय समाजवादलाई ब्रान्ड बनाएर जानुपर्ने बताए ।
महालक्ष्मी नगर समतिका अध्यक्ष दीपा थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा पुस्पराज राजकर्णीकार, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज राजन केसी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सहइन्चार्ज लालवहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद सदस्य बिनोद नेपाली लगायतले समाजवादी पार्टी देशको वैकल्पीक राजनीतिक शक्ति बनेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डीत लगायत ८१ जना व्यक्तिहरू पार्टी प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू उत्तम लामा, मानवहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महत लगायतले पनि नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter