कान्तिपुर हिसान शैक्षिक मेला सुरु

23 दिन अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले नेपालको गुणस्तरीय शिक्षाको नेतृत्व गर्दैआएको बताउनु भएको छ । उहाँले सरकारको नीतिअनुसार सामुदायिक विद्यालयलार्य प्रवद्र्धन गर्ने रहेको स्पष्ट पार्दै सरकारी, निजी र सामुदायिक विद्यालय मिलेर बालबालिकालाई गुणस्तरीय शिक्षा दिनसक्नु पर्नेसमेत बताउनु भयो । 
प्रधानमन्त्री ओलीले बिहीबार ‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’ मेलाको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । ‘सामाजिक विकासको सम्पूर्ण क्षेत्रमा साठी प्रतिशत निजी क्षेत्रले धानेको छ,’ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शन हलमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यसरी नै अगुवाई गर्नुपर्छ । यो अगुवाई शिक्षा, स्वास्थ्यमा पनि लागू हुन्छ । विद्यार्थीलाई विदेश पढ्ने होइने स्वदेशमै पढ्न प्रोत्साहित गर्नुपर्छ । यो काम निजी क्षेत्रले गरेको छ ।’ 
‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले शैक्षिक मेलाको आयोजना गरेका हुन् । ‘शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत अधिकार हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विद्यार्थीले स्वदेशमै पढ्नु पर्ने विशेष कारण भनेको तराई, पहाड, हिमाल बुझ्छ । उसले चिम्सा आँखा, चुच्चो नाक, कालो वर्ण, गोरो वर्णका साथी भेट्छ । देश बुझ्छ । त्यसैले यही अवसर उपलब्ध गराउनु पर्छ ।’ 
प्रधानमन्त्री ओलीले शिक्षामा राज्यको लगानी पर्याप्त नहुने उल्लेख गर्दै वर्तमान अवस्थामा केन्द्रीय सरकारको मात्र लगानीमात्र खोजिएप्रति आपत्ति जनाउनु भयो । ‘अहिले संघीय सरकारले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गरेनमात्र भन्दैछौं,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार, प्रदेश सरकारको लगानी र अभिभावकको लगानीको मूल्यांकन हुनुपर्छ । राज्यले लगानी गर्छ तर त्यो पर्याप्त होइन । निजीले सक्नुहुन्छ भने सामुदायिक विद्यालयलाई पनि जिम्मा लिनोस् । गुणस्तरी शिक्षा दिनोस् । सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको नीति लिएको छ । तर निजी क्षत्रलाई नियन्त्रण गर्न खोजेको होइन ।’
शैक्षिक मेला उद्घाटन सत्रका विशेष अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालमै गुणात्मक, उत्कृष्ट शिक्षा दिने निजी क्षेत्रको प्रयासप्रति सराहना गर्नुभयो । ‘विद्यार्थी, अभिभावकको विश्वास आर्जन गर्न यसरी स्वदेशमै गुणस्तरीय शिक्षा भन्ने नारासहित निरन्तर अघि बढ्नु भएकोमा आयोजकलाई धन्यवाद छ,’ शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘गुणात्मक शिक्षाका लागि कुनै समय विदेश जानुपथ्र्यो अब त्यो बाध्यता हटेको छ । पुराना बेन्चमार्कले अब धान्ने छैन । नयाँ चुनौतीहरु थपिएका छन् । कक्षा ११ र १२ विद्यालय तह भइसकेकोले हिसानले अब विश्वविद्यालय शिक्षासँग जोडिनु पर्छ । व्यापारभन्दा सेवाको भावनाले अघि बढ्न जरुरी छ ।’ उहाँले विद्यालय शिक्षा औपचारिक, प्राविधिक, गुणात्मक, युगीन, वैज्ञानिक र आर्थिकले धान्न सक्ने हुनुपर्ने बताउनु भयो । 
हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक युवराज शर्माले माध्यमिक विद्यालयदेखि विश्वविद्यालय स्तरको शिक्षा हासिल गर्ने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गरिएको बताउनु भयो । ‘विद्यार्थी तथा अभिभावकहरूलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो,’ गुणस्तरीय शिक्षाको अभियान जारी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नेपालमै संचालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउँछौं । यसरी मेलाको आयोजना गरेपछि शैक्षिक संस्थाका हामी संचालकबीच स्वस्थ प्रतिस्पर्धाको विकास भएको छ ।’
मेला उद्घाटन सत्रको सभाध्यक्षसमेत रहनुभएका शर्माले संघीय शिक्षा ऐन र स्थानयि शिक्षा ऐन निर्माणमा निजी क्षेत्रको विषयमा सरकारले गम्भीरता अपनाउनु पर्ने बताउनुभयो । ‘सरकारले निजी क्षेत्रलाई प्रवद्र्धन गर्न नीतिगत आधार सहज बनाउन जरुरी छ,’ उहाँले भन्नेभयो, ‘हिसानले अब अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको आयोजना गर्ने छ । यसले सबै शैक्षिक निकायलाई एक ठाउँमा ल्याउने छ ।’
मेला उद्घाटन सत्रमा कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक तथा अध्यक्ष कैलाश सिरोहिया, मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, हिसानका पूर्वअध्यक्ष तथा सांसद उमेश श्रेष्ठ, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा.. चन्द्रमणि पौडेल, निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)का राष्ट्रिय अध्यक्ष टिकाराम पुरी लगायतको उपस्थिति रहेको थियो । 
पहिलो दिन ३५ हजारले अवलोकन
‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा परामर्श लिने विद्यार्थी र अभिभावक भीड लागेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको बाहुलीबाट औपचारिक उद्घाटन हुने बिहानैदेखि परामर्श स्टलहरु खुला गरिएको थियो । हिसानका महासचिव लोकबहादुर भण्डारीले दिनु भएको जानकारीअनुसार पहिलो दिन साँझसम्ममा ३५ हजार जनाभन्दा बढीले शैक्षिक मेलाको अवलोकन गरेका छन् । 
प्रवेश निःशुल्क रहेको मेलामा विद्यार्थी र अभिभावकले कुन विषय किन पढ्ने, विषय छनोटजस्ता विषयमा जानकारी लिएका थिए । परामर्श लिन आउनेमा एसईई तथा कक्षा ११ र १२ परीक्षा दिएर बसेका विद्यार्थी रहेका छन् । शैक्षिक मेलामा १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ । मेलामा विभिन्न कलेजहरूले निःशुल्क छात्रवृत्तिसमेत उपलब्ध गराउने स्किम अघि बढाएका छन् । शैक्षिक मेला चार दिनसम्म जारी रहने छ । 

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter