कामाछिरिङले बनाए हिमाल आरोहणको वृत्तचित्र

2018-06-23

काठमाडौं । हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहण, समस्या समाधान र हिमाल आरोहणका नायक शेर्पाहरुको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन् । 
शेर्पाले लामो समय लगाएर वृत्तचित्र तयार पारेका हुन् । उनले सो वृत्तचित्रमा नेपालका हिमालहरुको महत्वलाई प्राथमिकतासाथ उठाउएका छन् । 
शेर्पाले आफैंले पनि दुई पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन् । उनले आफुले सगरमाथा आरोहणका क्रममा कैद गरिएका दृष्य पनि वृत्तचित्रमा समावेश गरेका छन् । 
काठमाडौदेखि सगरमाथा आरोहण गर्दासम्मका दृष्य वृत्तचित्रमा समेटिएको छ । हिमाल आरोहणमा ज्यान गुमाएका नेपाली आरोहीको कथा समेत वृत्तचित्रमा समावेश गरिएको छ । हिमाल चढ्दाको दर्दनाक अवस्था झल्काइएको सो वृत्रचित्रमा आरोहणका क्रममा कतिले ज्यान गुमाए भन्ने तथ्याङ्क समेत प्रस्तुत गरिएको छ ।
हिमाल आरोहणलाई युद्धसँग तुलना गर्दै शेर्पाले आरोहण गर्दाको समस्या, ज्यान गुमाउँदा परिवारले व्यहोर्नुपर्ने दुःख, अंगभंग भएका आरोहीहरुको कारुणीक कथालाई यथार्थ रुपमा वृत्तचित्रमा प्रस्तुत गरिएको शेर्पा बताउँछन् । 
शेर्पाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वृत्रचित्र निर्माण गर्दाको दुःख सुनाए । ‘नेपाली शेर्पाहरुको साहस, धेर्यताबारे र समग्र नेपालको पर्यटन क्षेत्रको अवस्था झल्काउने कोशिस गरेको छु’ उनले भने, ‘हिमाल चढ्ने ओरोहीको अवस्था बारे कसैले बोल्दैनन्, राज्यले त्यही आरोहीबाट कर मात्रै उठाउँछ । त्यो अवस्थाको पनि चित्रण गरेको छु ।’
उनले आफ्नो वृत्तचित्रमा हिमाल आरोहण मात्र हैन, समग्र पर्यटन क्षेत्रमा देखिएका बेथिति र समाधानका उपायबारे पनि वृत्तचित्रमै देखाएका छन् ।  वृत्तचित्रले आरोहीका आश्रित परिवारलाई राज्यले शिक्षा, स्वास्थ्यको व्यवस्था गरिदिनु पर्ने, अंगभंग भएकाहरुको उपचारको व्यवस्था गरिदिनु पर्ने, बृद्ध आरोहीहरुको लागि सामाजिक सुरक्षाको व्यवस्था ग्यारेण्टी हुनुपर्ने, पर्यटकको सुरक्षा लगायत पनि समेटेका छन् ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter