किरण ढुंगानाद्वारा लिखित ‘झरेका पात’ लोकापर्ण

3 महिना अगाडी

काठमाडौं । ढुंगाना प्रतिष्ठान र लक्ष्मेश्वर नरदेश्वरको निजी संस्थाको आयोजनामा साहित्यकार किरण ढुंगानाद्वारा लिखित ‘झरेका पात’ हिजो शनिबार भव्य र सभ्यरुपमा लोकापर्ण गरिएको छ । बाबाज्ञानी प्रकाशन मित्रपार्क काठमाडौंले प्रकाशनमा ल्याएको उक्त उपन्यास एक पठनीय उपन्यास भएको त्यहाँ उपस्थित आगन्तुकहरुले बताएका छन् । उक्त उपन्यासमा नेपालका वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माले समेत साहित्यकार ढुंगानाद्वारा लिखित उक्त उपन्यासको खुलेरै प्रशंसा गरेका छन् । साथै उक्त उपन्यासको पद्म देवकोटाले पनि प्रशंसा गरेका छन् । 
लोकार्पणमा उपस्थित अधिकाँश ढुंगाना बन्धुहरुले उपन्यासको खुलेरै तारिफ गरेका थिए । ‘झरेका पात’ उपन्यास ८२ पृष्ठको रहेको छ । झरेका पात उपन्यासको लोकापर्ण क्लब मण्डला, बौद्ध रामहिटीमा भएको थियो । साहित्यकार किरण ढुंगानाले यसअघि ‘मन्ट्रियल क्याफे (संस्मरण), कमली (उपन्यास) समेत गरिसक्नु भएको छ । 
साहित्यकार ढुंगाना काठमाडौं, चाबहिलमा सन् १९५३ अक्टोबर २८ मा बुवा महेन्द्रनाथ ढुंगाना र दमयन्ती सिग्देल ढुंगानाको कोखबाट दोश्रो सुपूत्रका रुपमा जन्मिनु भएको हो । उहाँको प्रारम्भिक अध्ययन मित्र मण्डल विद्यालय र पद्मोदय स्कुलबाट सम्पन्न गर्नु भएको हो । उहाले उच्च शिक्षा रत्नराज्य क्याम्पस, त्रिचन्द्र क्याम्पस र क्यानडास्थित सेरेडियन कलेजबाट लिनुभएको हो । उहाँ १९८० देखि टोरोन्टो, क्यानडामा स्थायी रुपले बसोबास गर्दै आउनु भएको छ । उहाँले क्यानडाबाट प्रकाशित हुने पहिलो नेपाली पत्रिका ‘दियालो’मा १६ वर्ष प्रधान सम्पादक भई कार्य गरिसक्नु भएको छ । उहाँको कार्यलाई उच्च मूल्यांकन गर्दै उहाँलाई ‘अनेसास’ले बर्षको प्रसिद्ध लेखक १९९५ को उपाधि प्रदान गरेको थियो ।  
साहित्यकार ढुंगानाले विगत २५ वर्षदेखि कथा, कविता, निबन्ध आदीमा कलम चलाउँदै आउनु भएको छ । 

 


किरण ढुंगानाद्वारा लिखित ‘झरेका पात’ लोकापर्ण

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter