किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

2018-03-10

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको आगामि सम्मेलन सन् २०२० मा नेपालमा हुने भएको  छ ।
शनिबार क्वालालम्पुरमा सम्पन्न भएको किवानिज इन्टरनेशनल एसिया प्यासिफिक क्षेत्रको ४३ औँ बार्षिक सम्मेलनमा सो कुरा पारित भएको हो । किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलन हेरक बर्ष आयोजना हुने गर्छ, जसमा निर्वाचन मार्फत् अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी चयन गरिन्छ ।
किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले सन् २०२० मा नेपालमा हुने सम्मेलनको प्रारम्भिक तयारीको जानकारी गराउनु भयो । “नेपाल सरकारले सन् २०२० लाई भिजन नेपालका रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा हाम्रो यो सम्मेलनले नेपालमा पर्यटक भित्र्याउन थप सहयोग पुग्नेछ । यो सम्मेलनमा १५ सय बढि प्रतिनिधि र ३ हजार पर्यटक भित्र्याउने हाम्रो लक्ष्य रहेको छ” उहाँले भन्नुभयो । 
अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनल नेपालका हालसम्म देशभर १६ वटा किवानिज क्लव गठन भएको जानकारी दिदैँ̉–“नवलपरासिमा बालबालिकाको नेतृत्व विकासका लागि के–किड्ज क्लब, हेटौडमा सडक बालबालिकाका लागि मामा घर नेपाल, संखुुवासभामा २४ हजार बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौँ । यस्तै पोखरामा ५० जना बालबालिकाका लागि झोला र स्टेसनरी र रुपन्देहीमा ५ सय जना बालबालिकालाई स्टेसनरी प्रदान गदैँ आएका छौँँ” भन्नुभयो । 
किवानिज इन्टरनेशनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले मलेसियामा भएको यो किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलनमा कुुल ९ सय ५० सहभागी मध्ये नेपालबाट मात्र ५४ जनाको सहभागिता रहेको जानकारी दिनुुभयो । उहाँले १०३ बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपाल समेत हुुनु आफैमा गर्वको कुरा भएको बताउनुुभयो । 
सचिव लम्सालले किवानिज इन्टरनेशनल नेपाल र किवानिज इन्टरनेशनल अष्ट्रेलियाको समन्यवमा शारिरिक अपाङ्गता भएका १८ बर्ष भन्दा कम उमेरका नेपाली बालबालिका जसको नेपालमा उपचार सम्भव छैन त्यस्ता बालबालिकाको निशुुल्क शल्यक्रिया अष्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिनुुभयो । 
सिन्धुपाल्चोक किवानिज क्लवका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराउनुुभयो । उहाँले यस क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम सञ्चालन भैरहेको बताउनुुभयो । 
किवानिज चिल्डे«न फन्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा १ करोड राशिको किवानिज चिल्डे«न फन्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताउनुुभयो । उहाँले यसरी बन्ने उक्त कोष मार्फत् क्यान्सर पिडीत बालबालिका राहत कार्यक्रम, विपद् व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रमुख लक्ष्य रहेको बताउनुुभयो । 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter