कीर्तिनिधि विष्ट राष्ट्रवादी नेताः प्रधानमन्त्री ओली

2018-11-30

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता भएको बताउनुभएको छ ।
काठमाडौंमा आज ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले विष्टले आफ्नो कार्यकालमा राष्ट्रवादी चरित्र प्रस्तुत गर्नुभएको टिप्पणी गर्नुभयो । “तत्कालिन समयमा नेपालको उत्तर सीमामा रहेका भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर विष्टले देशभक्तिको सन्देश दिनुभएको थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “चेकपोस्ट हटाएपछि मलाई लाग्यो प्रधानमन्त्रीले चाह्यो भने देशका लागि उभिन सक्दो रहेछ, मुख्य पक्ष देश बनाउने सोचको आवश्यकता रहेछ ।”
प्रधानमन्त्री ओलीले विष्टले नैतिकताको राजनीति गरेकोसमेत उल्लेख गर्नुभयो । “पदका लागि जे पनि गर्न तयार होइन, उहाँ देशका लागि पद छाड्न तयार हुनुहुन्थ्यो,” प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो, “उहाँ र मेरो बाटो फरक भए पनि देशभक्तिको भावना एउटै थियो, त्यस्तो देशभक्तिको भावना पञ्चायत कालमा कीर्तिनिधि विष्टले देखाउनुभएको छ ।” सिंहदरवारमा आगलागी हुँदा तत्कालिन प्रधानमन्त्री विष्टले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो ।
पुत्र विनोद विष्टद्वारा लिखित पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री ओलीले विष्टलाई २०२६ सालतिर झापाको घैलाडुब्बा स्कुलमा भेटेकोसमेत स्मरण गर्नुभयो । “त्यस कार्यक्रममा मैले स्वागत भाषण गरेको थिएँ,” प्रधानमन्त्रीले सम्झनुभयो, “उहाँको विद्वता, अभिव्यक्ति, जिउडाल, उचाई, भावना र दृढता प्रधानमन्त्रीकोजस्तै थियो ।’ आफूले भेटेको पहिलो प्रधानमन्त्री कीर्तिनिधि विष्ट भएकोसमेत प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter