कुनै समस्या आइपरे दूतावासमा खबर गर्न आग्रह

2 महिना अगाडी

काठमाडौँ । साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । 
रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ । 

करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महीनाअगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनःप्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । 

दूतावासले श्रमिकको समस्या समाधानका लागि साउदी अरबको कानूनबमोजिम कामदार र रोजगारदाताबीच सहमति गराउने तथा श्रम अदालतमा मुद्दा दायर गर्न सहजीकरण गर्ने कार्य गर्दै आएको छ । बर्हिगमन वा पुनःसाउदीमै काम गर्ने प्रवेशाज्ञाका लागि आवश्यक प्रक्रिया र विकल्पमा जाने विषयमा सुझाव र सहजीकरण गर्ने काम भइरहेको दूतावासले जनाएको छ । 

नेपाली कामदारमाथि पर्नसक्ने समस्याका बारेमा जानकारी दिन साउदीका विभिन्न स्थानमा नेपाली श्रमिकलाई भेला गराई अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दूतावासको भनाइ छ । श्रमिकका साउदीबारे सम्पूर्ण जानकारी नहुँदा र अनावश्यक आश्वासनका आधारमा रोजगारीमा जाँदा समस्या सिर्जना हुने गरेको छ । 
दूतावासले नेपालबाट साउदी आउँदा अभिमुखीकरण तालीम लिइ, कम्पनीको अवस्था र रोजगारदातासँग भएको सम्झौतापत्रको अध्ययन गरेरमात्र रोजगारीमा आउन अनुरोध गरेको छ । 
दूतावासले नेपाली श्रमिकमाथि कुनै समस्या आइपरे रोजगारदाता कम्पनी, साउदी सरकारको आधिकारिक निकाय, श्रम कार्यालय, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने गरेको छ । 
हाल साउदी अरबमा करीब तीन लाख ५० हजार नेपाली श्रमिक काम गरिरहेका छन् । ती श्रमिक विभिन्नस्तर र प्रकृतिको कम्पनीमा आउने गरेका छन् । 
हाल माग प्रमाणीकरण दूतावासको कार्यक्षेत्रमा अनिवार्य भएकाले पनि समस्याग्रस्त कम्पनी तथा इजाजतपत्रले समस्या समाधान नगरेसम्म दूतावासबाट दिने सेवा रोक्का गरिएको छ । रासस


Advertisement

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter