कुमार भट्टराईका दुईवटा भजनसंग्रह एकैसाथ बजारमा

11 महिना अगाडी

काठमाडौं ।  एउटा इन्जीनियर, उनी टेक्नीकल कुरासँग बढी नजिक छन् । विद्युतिय संचार माध्यमको एउटा प्रफेक्ट त्यही इन्जीनियरको नाम हो – कुमार भट्टराई । यी कुमार भट्टराई उनै व्यक्ति हुन् जो राम्रा गीत सृजना गर्दछन् र विशेषगरी भजन गीतकारका रुपमा बढी परिचित छन् । उनै गीतकार कुमार भट्टराईद्धारा लिपिबद्ध २ वटा भजन संग्रह प्रज्ञा प्रतिष्ठानको सभाहलमा नेपाली काँग्रेसका महामन्त्री डा. शसाङ्क कोइरालाले शुक्रबार भव्य समारोहकाबीच एकैसाथ बीमोचन गरे । कार्यक्रममा राजनीतिक व्यक्तित्व, विभिन्न धार्मिक गुरुहरु, संचारकर्मीहरु, हिन्दु धर्मावलम्बीसँग सम्बन्धित बौद्धिक व्यक्तित्व एवं हिन्दु राज्यको आबश्यकता बोध गरिएका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  

कार्यक्रममा बोल्दै डा. शसाङ्क कोइरालाले धर्म स्वतन्त्रता हुन पर्ने र हिन्दु राज्य वा धर्म निरपेक्षताका बारे जनमत संग्रहमा जानुपर्ने बताए । उनले साहित्यकार कुमार भट्टराईको लेखनीको प्रशंसा पनि गरे । कार्यक्रममा  विश्व हिन्दु माहासंघका दामोदर प्रसाद गौतम, पुर्वमन्त्री एसवी कोइराला, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायतको उपस्थित थियो । 
बीमोचित एल्वममा निकै मर्मस्पशी भजनहरु संग्रह गरिएका छन । बिमोचित दुई कृति पछि गीतकार भट्टराईका एल्वमहरु ३ वटा पुगेका छन् । यसअघि उनले २०७१ मा अग्रता नामक एल्वम बजारमा ल्याएका थिए । नयाँ बिमोचित यी दुई एल्वम ‘शिव लिला’ र ‘अग्रता काली’ एल्वम हिन्दु धर्मसँग सम्बन्धित नेपाली भजनहरु हुन् । भट्टराईको ‘शिव लिला’ एल्वममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्मा ग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्वममा मनोजराज शिवाकोटी, इश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एल्वममा ६÷६ वटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको संगीत रहेको छ । 
वाल्यकालदेखिनै लेखन कार्यमा सक्रिय भट्टराईले रेडियो नेपालबाट वाल कविता प्रतियोगीमा धेरै पुरस्कारहरु प्राप्त गरेका थिए । २०५१ सालमा पहिलो गीत कविता संग्रह ‘मेरो जीवन ’ प्रकाशन गरेका उनको २०६० सालमा ‘स्वमुत्र चिकित्सा पद्धति’ नामक अर्को पुस्तक प्रकाशित छ । धार्मिक क्षेत्रका अध्ययेताका रुपमा समेत परिचित उनले धर्मशास्त्रलाई विज्ञान शास्त्र भन्दा बलियो शास्त्रका रुपमा लिन्छन् । संचार क्षेत्रमा परिचित भट्टराई कुशल लेखक एवं राम्रा गीतकारका रुपमा उत्तिकै परिचित रहँदै आएका छन् ।  


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter