के जुवा र सेक्सको लत उस्तै हो ?

2018-06-25

रचेल श्रायल
काठमाडौं, असार ११ गते । हामीले निकोटिन, रक्सी र लागुऔषधजस्ता नशालु पदार्थको लतलाई स्विकार गरेका छौं । यसले पुर्याउने क्षतीलाई पनि स्विकारेका छौं ।
तर यदि सेक्सको लतको कुरा आए विशेषज्ञको धारणा बाँडिएको छ । केहीले सेक्सको लतलाई स्विकारेका छन् भने कतिले अस्विकार गर्दै आएका छन् ।
सेक्सको लतलाई अहिले रोगको रुपमा लिइएको छैन त्यसकारण कति मानिसले यसका लागि चिकित्सकीय परमार्श मागेका छन्, यसको कुनै आधिकारिक डेटा पनि उपलब्ध छैन ।
पोर्न र सेक्सको लतसँग जुधिरहेकाको मद्दतका लागि विकास गरिएको वेबसाइटले ब्रिटेनमा २१ हजार मानिसमाथि सर्वेक्षण गर्यो । यी मानिसहरुले सन् २०१३ पछि वेबसाइटसँग मद्दतका लागि सम्पर्क गरेका थिए ।
यीमध्ये ९१ प्रतिशत पुरुष थिए र १० ले मात्र आफ्नो समस्याका लागि डाक्टरसँग परामर्श लिएका थिए ।
विशेषज्ञको धारणा
सेक्सको लतलाई सन् २०१३ को ‘डाइग्नोस्टिक एण्ड स्टेटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअर्डर्स ९डीएसएम० मा समावेश गर्नेबारे विचार गरिएको थियो तर प्रमाणको अभावका कारण यसलाई समावेश गरिएन । डीएसएम अमेरिका र ब्रिटेनको एक महत्वपूर्ण डाइग्नोस्टिक टूल हो ।
तर अब कम्पल्सिव सेक्सुअल बिहेबियर (बाध्यात्मक यौन व्यवहार) लाई विश्व स्वास्थ्य संगठनको तर्फबाट जारी हुने म्यानुअल इन्टरनेशनल क्लासिफिकेशन अफ डिजिज (आइसीडी) मा समावेश गरिनेमा विचार गरिँदैछ ।
नयाँ प्रमाण सार्वजनिक भएपछि जुवा खेल्ने लत र धेरै खाने लतलाई पनि सन् २०१३ मा रोगको रुपमा स्विकार गरिएको थियो । सुरुमा जुवालाई पनि बाध्यात्मक व्यवहार नै मानिन्थ्यो । थेरापिस्टको मान्यता अनुसार सेक्सको लत पनि यसरी नै समावेश हुनसक्छ ।
दिमागमा के चल्छ ?
एक अनुसन्धानका अनुसार सेक्सका लतका शिकार कोही व्यक्तिले जब पोर्न हेर्छ उनको दिमागमा त्यस्तै गतिविधी पैदा हुन्छ जुन कुनै नशाको लतका शिकार व्यक्तिको दिमागमा लागुऔषध देख्दा हुन्छ ।
सेक्सको लत के लाई भन्ने यसको कुनै निर्धा्रित आधिकारिक व्याख्या छैन । ओपन युनिभर्सिटीमा एमेरिटस प्रोफेसर डा। फ्रेडरिक टोएट्स भन्छन्, ‘लतका शिकार भएका व्यक्तिले दीर्घकालीन क्षती व्यवहोर्नुपर्छ भन्ने थाहा पाउँदा पाउदै अल्पकालीन फाइदा हेर्छन् । त्यस विपरित बाध्यात्मक व्यवहार (अब्सेसिव कम्पल्सिव डिसअर्डर) बाट प्रभावित व्यक्तिले यस्ता व्यवहार पनि गर्दछन् जसमा उनलाई कुनै आनन्द प्राप्त हुँदैन ।’
यद्यपी, आनन्दको चाह हामी सबैमा हुन्छ तर सामान्य प्रतिफलको चाहना गर्ने व्यवहार र लतबीच के अन्तर होला रु मनोवैज्ञानिक डा. हेरियट गेराडका अनुसार कुनै व्यवहारले व्यक्ति र उ वरिपरिको वातावरणलाई क्षती पुर्याउँछ तब यो लत बन्छ ।
जुवा खेल्ने र अत्यधिक खाने लतलाई रोगको रुपमा मानिएको छ तर सेक्सको लतलाई होइन । किनभने त्यो जनमानसमा लामो समयदेखि विद्यमान छ ।
यसको अर्थ यो हो कि जुवा र अत्यधिक खाने मामलामा अन्य मानिसहरु पनि मद्दतका लागि तम्सिएका हुन्छन्, जसले उनीहरु रोगी भएको समर्थन गर्छ र थप प्रमाण प्राप्त हुन्छ ।
डा. अबिगेल सान क्लिनिकल साइकोलोजिस्ट हुन् जसको मान्यता अनुसार कसैलाई सेक्सको लत लागेको पनि हुनसक्छ । जो व्यक्तिले सेक्सको भावनालाई नियन्त्रण बाहिर भएको महसुस गरिरहेका छन्, यो कुनै अन्य लुकेको समस्याका कारण पनि हुनसक्छ । कसैले मोटोपना, चिन्ता र आघातबाट बाहिरिनका लागि पनि सेक्सको सहारा लिइरहेको हुनसक्छ ।
यद्यपी, उनी सेक्सलाई लत मानेपछि यसले मानिसहरुको मद्दत गर्नेछ भन्ने विषयमा सन्तुष्ट छैनन् विशेषगरी ती व्यक्तिको जसले सेक्सको प्रयोग अन्य समस्याबाट बाहिरिनका लागि गर्दै आएका छन् । उनका अनुसार यसले ओभर डाइग्नोसिसको समस्या पैदा हुनसक्छ अर्थात् गलत औषधी दिइनेछ वा लक्षणलाई राम्रो तरिकाले विश्लेषण गरिँदैन ।
के सेक्सको लत मिथक हो ?
सेक्सको लत एक वास्तविक रोग हो भन्ने बारे धेरैले अस्विकार गर्दै आएका छन् । ‘द मिथ अफ सेक्स एडिक्शन’ किताब लेख्ने सेक्स थेरापिस्ट डेविड ले भन्छन्, ‘साधारणतया सेक्सको लत मानिने व्यवहार वास्तवमा मूड र कुण्ठासँग जोडिएको समस्याको उपचार नगराएको लक्षण हो ।’
उनी थप्छन्, ‘सेक्स वा हस्तमैथुनलाई रक्सी वा ड्रग्सजस्तै मान्नु सही होइन । रक्सीको लतको शिकार मानिसहरुले रक्सी छोड्दा मृत्यु पनि हुनसक्छ ।’ ‘सेक्सको लतको धारणा स्वस्थ यौन सम्बन्धसँग के छ त्यससँग जोडिएको नैतिक मूल्यमा आधारित छ,’ उनी भन्छन् ।
‘यदि तपाईं आफ्ना थेरापिस्टको धारणाभन्दा धेरै र भिन्न तरिकाले सेक्स गरिरहनुभएको छ भने उनको नजरमा तपाईंलाई सेक्सको लत छ ।’ बीबीसी


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter