कैलालीको सत्ती भन्सारको सुरक्षाः त्रिपालको बास

3 महिना अगाडी

कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सीमा अवलोकन युनिट ९बिओपी० का सुरक्षाकर्मी त्रिपालमुनि बस्दै आएका छन् । 
पुस÷माघ महीनाको कठ्याङ्ग्रिने जाडो होस् वा चैत÷वैशाख महीनाको टन्टलापुर घाम नै किन नहोस्, उनीहरुको दिनचर्या त्रिपालमुनि नै बित्दै आएको छ । छोटी भन्सार कार्यालयबाट मूल भन्सारमा परिणत भएपछि त्यसको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको हो । 
सो भन्सार कार्यालय गत साउनदेखि मूल भन्सारमा परिणत भएको थियो । त्यसको सुरक्षाका लागि गत कात्तिक २० गतेदेखि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सुरक्षाकर्मीकोे टोली त्यहाँ खटिएको छ । 
भन्सार कार्यालयका लागि जग्गा अधिग्रहण गरेर सुविधा सम्पन्न भवन निर्माण गरिएको भए पनि सुरक्षाका लागि खटिएको बीओपीको व्यवस्थापनका लागि भने कुनै व्यवस्था गरिएको छैन । जसका कारण वैशाखको प्रचण्ड गर्मीमा पनि आँधीहुरीको सामना गर्दै उनीहरु त्रिपालमुनि बस्न बाध्य छन् । एकातर्फ कार्यालय प्रयोजनका लागि भवन निर्माण गरिएको छ भने अर्कोतर्फ गोदाम निर्माणका लागि जग्गा छुट्याइएको छ । 
बीओपीका सुरक्षाकर्मी गोदाम निर्माणका लागि छुट्याइएको जग्गामा त्रिपाल टाँगेर बसेका छन् । उनीहरु नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको सात थान त्रिपालमुनि बस्दै आएका छन् । सुरक्षाकर्मीका लागि उचित बस्ने बास पनि छैन भने शुद्ध खानेपानीको व्यवस्थासमेत छैन ।
सुरक्षाकर्मीको त्रिपालमुनिको बास निकै कष्टकर रहेको छ । गर्मीको समयमा बढ्दो तापक्रम र आउने हुरीबतासले कहाँ कतिखेर ती त्रिपाल उडाएर पु¥याउने हो रु थाह छैन । केही महीनाअघिको हिँउदे झरीले त्रिपाल चुर्लुम्म डुबेको एक सुरक्षाकर्मीले बताए । उनले वर्षाको समयमा पानी जम्ने भएका कारण बस्न नसकिने भन्दै गर्मीको समयमा नदीको किनार भएका कारण पनि अत्यधिक गर्मी हुन थालेको बताए । “होचो ठाउँमा त्रिपाल टाँगेर बसेका छौँ”, उनले भने्, “बाढी आयो भने जीउ ज्यान नै जोगाउन गाह्रो हुने देखिन्छ ।”
कष्टकर अवस्थामा बसेर भएपनि सुरक्षाकर्मीले भन्सारको सुरक्षा गर्दै आएको छ, धनगढीस्थित ३४ नं गणका गणपति विष्णु भट्टले बताउनुभयो । उहाँले सुरक्षाका दृष्टिकोणले भौतिक संरचना निर्माण हुनुभन्दा पहिले नै सुरक्षाकर्मी खटाउनु परेका कारण समस्या भएको जानकारी दिनुभयो । “हाम्रा लागि जग्गा पनि छैन । भौतिक पूर्वाधार पनि छैन”, उहाँले भन्नुभयो, “सुरक्षाको थ्रेट बढेपछि सुरक्षाकर्मी परिचालन हुनै प¥यो । अहिले घामपानी नभनेर पनि सुरक्षा गर्नुपर्ने बाध्यता छ ।”
उहाँले बीओपीको व्यवस्थापनका लागि प्रदेश सरकार र सशस्त्र प्रहरी प्रधान कार्यालयसँग पहल भइरहेको बताउँदै वर्षा यामभन्दा अगावै बीओपीको व्यवस्थापन हुने भनिए तापनि हालसम्म कुनै काम शुरु नभएको जानकारी दिनुभयो । यसै सन्दर्भमा सत्ती भन्सार कार्यालयका प्रमुख वसन्त कार्कीले बीओपीका सुरक्षाकर्मीको बसोबासको समस्याले काम कारवाहीमा समेत समस्या भइरहेको बताउनुभयो । उहाँले भन्सार व्यवस्थापनअन्र्तगतको बजेटबाट भए पनि बीओपीको बसोबासका लागि विभागसँग बजेट छु्ट्याउन माग गरेको भन्दै भौतिक पूर्वाधारको विकासका लागि आठ करोड ७१ लाख ५९ हजार ३२९ रुपैयाँ ६५ पैसाको लागत अनुमानित रकमको माग गरिएको बताउनुभयो । 
चालू आवको मसान्तसम्म बीओपीका सुरक्षाकर्मीका लागि उचित ठाउँमा व्यवस्थापन गर्न नसके वर्षात्को समयमा सीमा सुरक्षाका लागि ठूलो समस्या आउन सक्ने उहाँले बताउनुभयो । उहाँले बीओपीका लागि भन्सारकै जग्गामा भवन निर्माण गरी व्यवस्थापन गरिने गरी काम भइरहेको बताउँदै चालू आवमा काम पूरा नभए पनि आउँदो आवमा भने व्यवस्थापन गर्ने आश्वासन आफूले पाएको जानकारी दिनुभयो । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter