कोरोना कहरः एकै दिन स्पेनमा ७३८ को मृत्यु

16 दिन अगाडी

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभरी महामारीको रुप लिईरहेको बेला आजमात्रै स्पेनमा ज्यान गुमाउनेको संख्या चीन भन्दा धेरै भएको छ । 
आज बुधबार एकै दिन स्पेनमा थप ७ सय ३८ जनाको मृत्यु भएको छ । स्पेनमा कोभिड १९ का कारण ज्यान गुमाएको संख्या यो भाइरसको सुरुवात भएको चीनमा भन्दा धेरै भएको हो ।
स्पेनमा हालसम्म ३४ सय ३४ जनाको कोभिड १९ का कारण ज्यान गएको छ। चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ सय ८१ रहेको छ। चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तथा यसका कारण हुने मृत्यु लगभग नियन्त्रणमा आएको छ ।
तर युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ। इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । 
कोभिड १९ ले सबैभन्दा धेरैको ज्यान लिएको इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८२० रहेको छ। कोरोना भाइरसका कारण इरानमा २ हजार ७७, फ्रान्समा ११ सय तथा अमेरिकामा ७ सय ८५ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ। चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ । 
विश्वभर कुलचार लाख ३८ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या १९ हजार ६५६ रहेको छ । एक लाख ११ हजार ९२३ जना निको भएर घर फर्किएका छन् । एजेन्सीहरुको सहयोगबाट


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter