कोरोना त्राशको मौका छोपी पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको डकैतः श्रेष्ठ

20 दिन अगाडी

काठमाडौँ । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले कोरोनाका कारण जनता सडकमा ओर्लंदैनन् भनेर सरकारले पेट्रोलियम पदार्थमा ठगेको बताएका छन् । उनले राजधानीमा भएको एक कार्यक्रममा बोल्दै भने, ‘अहिले विज्ञहरूले बताए अनुसार अन्तराष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मागभन्दा आपूर्ति बढी छ । त्यसको मूल्य ६८ प्रतिशत घटेको छ, तर नेपालमा ९ प्रतिशत मात्र घटाएको छ । यो मूल्य समायोजनमा भएको सरकार र आयल निगमको नाफाखोर प्रवृत्ति मात्र नभई गैरजिम्मेवारीपना पनि हो ।’
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा तुरुन्त बढाउने तर घट्दा भने तद्अनुरूप नघटाउने प्रवृत्ति लोककल्याणकारी राज्यको वकालत गर्ने ओली सरकारलाई सुहाउने कुरा होइन । उनले भने, ‘सरकारले २०७३ जेठ महिनादेखि बूढीगण्डकी पूर्वाधार विकास करका नाममा पेट्रोल, डिजेल र हवाई इन्धन आयात गर्दा भन्सार बिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले कर लिन थालेकोमा कोरोना भाइरसको त्राश फैलिरहेको बेला २०७६ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकासका नाममा अतिरिक्त पाँच रुपैयाँ थोपरेर प्रतिलिटर दश रूपैयाँ पुर्याएको छ । संसद् छलेर गरिएको उक्त स्वेच्छाचारी निर्णय जनतामाथिको घात हो । यो कोरोना भाइसरको कारण जनतामा त्राश फैलिरहेको बेला सरकारले गरेको डकैत हो ।’
सरकारको यो निर्णयका कारण सर्वसाधारणको जनजीवनसँग सम्बन्धित खाद्यान्न, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, औषधी लगायत दैनिक उपभोग्य वस्तु र उत्पादन क्षेत्रमा चौतर्फी प्रभाव परेको उनले बताए ।
कोभिड–१९ नेपालमा प्रवेश हुन नदिन सरकारसँग सहकार्य गर्न तयार
समाजवादी नेता श्रेष्ठले आफ्नो पार्टी विश्वमा कोभिड(१९ नामले झण्डै १६२ देशमा संक्रमित भइरहेको कोरोना भाइरस नेपालमा प्रवेश हुन नदिनका लागि सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताउँदै भने, ‘कोरोना भाइरसले अहिले नेपालमा पनि सन्त्रासको वातावरण सृजना गरेको छ । नेपाल सरकारले यसको नियन्त्रणका सन्दर्भमा देशको कुनैपनि भागमा २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ । मानव जीवनभन्दा माथि राज्य र पार्टीका कार्यक्रम, भेला आदि हुन सक्दैन । यस्तो संकटको घडीमा नेपाल सरकारसँग सहकार्य गर्न र त्यसको नियन्त्रणका लागि सहयोग गर्न समाजवादी पार्टी तयार छ ।’
सहअध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो पार्टीले देशव्यापी रूपमा पार्टी विस्तार तथा सुदृढीकरण ९विसु० अभियान चलाइरहेको सबैलाई जानकारी नै छ । अब सबै तहका समितिहरूले कोभिडविरुद्धको अभियानमा आआफ्नो तहका सरकारसँग सहकार्य गरी अगाडी बढ्नु पर्दछ । त्यसैले २५ जनाभन्दा बढी उपस्थित हुने पार्टीका सबै भेला, प्रशिक्षणहरू स्थगित गर्नु पर्दछ । तर बढी त्रास र भ्रम फैलाउने हेतुले नेपालमा पनि महामारी नै भित्रिसकेको जस्तो होहल्लाको पछाडी लाग्नु हुँदैन ।’ उनले भने, ‘विसु अभियान अन्तर्गतका ससाना जरुरी भेटघाट, बैठक तथा पार्टी समायोजन कार्यक्रमहरू जारी नै रहने छ ।’


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter