कोरोना महामारीः विश्वभर चार लाख ६० हजारको मृत्यु

2020-06-20

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर चार लाख ५९ हजार ४३७ जना संक्रमितको मृत्यु भएको छ भने अहिलेसम्म ८६ लाख ३९ हजार २३ जना संक्रमित भेटिएका छन् । 
त्यसैगरी ब्राजिलमा कोभिड–१९ (कोरोना) संक्रमितको संख्या १० लाख नाघेको छ।  त्यहाँ अहिलेसम्म १० लाख ३२ हजार ९१३ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ४८ हजार ९५४ जनाले ज्यान गुमाएका छन्।  ब्राजिलमा अमेरिकापछि कोरोनाको सबैभन्दा खराब असर देखिएको छ। संक्रमित र ज्यान गुमाउनेको संख्या हेर्दा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ। १० लाखभन्दा बढी कोराना संक्रमित भेटिएको दोस्रो मुलुक पनि ब्राजिल नै बनेको छ।  पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ५४ हजार नयाँ संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार लगातार चौथो दिन पनि ब्राजिलमा एक हजार २०० भन्दा बढी संक्रमितको ज्यान गएको छ। विशेषज्ञहरूले अझै पर्याप्त परीक्षण नभएको र महामारीले उग्ररूप लिन बाँकी नै रहेको चेतावनी दिएका छन्। 
 जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म फेला परेका संक्रमितको संख्या २२ लाख १९ हजार ६७५ पुगेको छ। त्यहाँ एक लाख १९ हजार ९९ जनाको ज्यान गइसकेको छ। अमेरिका, ब्राजिल र रुसपछि भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकहरुको चौथो स्थानमा छ। भारतमा अहिलेसम्म तीन लाख ८० हजार ५३२ जना संक्रमित फेला परेका छन्। १२ हजार ५७३ जनाले ज्यान गुमाएका छन्। 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter