क्वारेन्टाइन र भन्सार नगरी माछा भित्र्याउनेलाई कारवाही शुरू

15 दिन अगाडी

यम घिमिरे । 
बर्दिया । मधुवन ३ धानौराका ४२ वर्षीय जुग्राम थारु , ४० वर्षीय लाल्टुरम थारुले क्वारेन्टाइन र भन्सार नगराई  भारतबाट धनौरा हुँदै नेपाल भित्राएका बैखा र माँगुर जातका ६० किलो माछा  नष्ट गरिएको छ । भारत बाट अवैध रूपमा नेपाल भित्रिएको सो माछा जिल्ला प्रहरी कार्यालय वर्दियाले जनप्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरेको हो । क्वारेन्टाइन र भन्सार नगराई भारतबाट  अवैध रूपमा माछा  भित्राएका थारुद्वयलाइ जिल्ला प्रहरी कार्यालयको  हिरासतमा राखी  अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए। 
तस्करी बिरुद्ध शुन्य सहनशीलताको नीति अपनाउँदै आएका वर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोला एकपछि अर्को गर्दै भन्सार छली र तस्करी बिरुद्ध एक्सनमा उत्रिएका छन् । लागू औषध सेवन तथा ओसापसार, मानव वेचविखन तथा तस्कर समाउने देखि यतिवेला उनि भन्सार छली गर्नेलाई आफ्नो निशाना बनाई उपलब्धी हासिल गर्न सफल देखिएका छन् । सोही अभियान अन्तर्गत वर्दिया प्रहरीले भन्सार छली ल्याइएका माछा पक्रन सफल भएको छ। बर्दियाका  प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको निर्देशनमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले बर्दियाका धनौरा नाका हुँदै भारत बाट भन्सार छली  नेपाल भित्रराइएका क्वारेन्टाइन चेक जाँच नगरिएका मंगुर माछा बरामद गरेको थियो 
भन्सार छली माछा, कुखुरा,  तेल, खाद्यान्न, कपडा, मोटर पार्ट्स,मलखाद, बीऊ विजन लगायत समान मगाउने ब्यापारीहरुमाथि समेत आवश्यक रूपमा अनुसन्धान भइरहेको छ ।
नियमित भन्सार  नतिरी भन्सार छलि अवैध रुपमा नेपालमा राखिएका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नियन्त्रणमा लिन भन्सार बुझाउने कार्यलाई समेत तीव्रता दिएको छ। प्रजिअ प्रेमलाल लामिछानेले समन्वयमा वर्दिया प्रहरीले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन,ढुवानी,उत्पादन,बिक्री वितरण गर्ने सवारी,सवारीधनी,उद्योगी मा निगरानी बढाएको छ। जिल्ला प्रहरी प्रमुखको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी ले ट्राफिक चेक जांचमा कडाइ गर्दै २ दिनमा ७ मोटर साइकल बरामद गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रनानि लोकेन्द्र मल्लले बताए। विभिन्न ब्यक्तिहरुको सेटिङ्गमा कम भन्सार तिरेर समान ल्याउनेहरु माथि विशेष निगरानी बढाइएको वर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter