खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि

3 महिना अगाडी

रुकुमपर्व । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका छन् तर, आइतबार उक्त क्षेत्रमा खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो । 
पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँको रिवाङचौर स्वास्थ्यचौकीमा डाक्टरसहितको टोली पुग्दा स्थानीय दङ्गै परे । राम्रो स्वास्थ्य सेवाको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएको र टाढाको अस्पतालसम्म पुग्न नसकेको बेलामा घोडामा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली गाउँमा पुग्दा राम्रो स्वास्थ्य सेवा पाउने भयौँ भन्दै स्थानीय खुशी भए । भौगोलिक विकटताका कारण पछि परेको यस क्षेत्रमा सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै स्थानीय रमा झाँक्रीले खुशी व्यक्त गर्नुभयो । 
शिविरमा विशेषज्ञ डाक्टर नवीन बुढाथोकी र सुनिल पुनलगायतको टोलीले सेवा दिने बताइएको छ । शिविरमा भिडियो एक्सरे, ल्याब परीक्षण, इसिजी सेवा तथा निःशुल्क औषधि वितरण गरिने अस्पतालका प्रबन्धक हरिबोल भारतीले बताउनुभयो । साथै शिविरमा ज्वरो, आउने, टाउको दुख्नेलगायत अन्य रोगको पनि जाँच गर्ने र जटिल प्रकृतिका रोगका बिरामीलाई जिल्ला बाहिर पठाइने उहाँले बताउनुभयो । शिविरमा आउने प्रायः महिला, वृद्धवृद्धा रहेका छन् । 
लाजका कारण ग्रामीण भेगका कतिपय नागरिक रोग लुकाएर बस्ने गरेको र तीनै समस्यालाई निर्मूल पार्न स्वास्थ्य शिविरको आयोजना गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता लीलामणि गौतमले बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर ५ को कार्यालय बुटवल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग, रुक्मेली सामुदायिक अस्पताल प्रालि रुकुम ९पश्चिम० को आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालिएको हो । शिविरको उद्घाटन गर्दै गर्दासम्म २१२ ले नाम दर्ता गरिसकेको अस्पतालका प्रबन्धक भारतीले बताउनुभयो ।  
जिल्लाका विकट गाउँमा अहिले पनि यातायातको साधनको रुपमा खच्चडलाई नै प्रयोग गर्ने गरिएको छ तर, दुर्गम क्षेत्रमा खच्चडमार्फत् औषधि ढुवानी गरी नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् सेवा दिएको जिल्लामै यो पहिलोपटक भएको कार्यक्रम सहजकर्ता गौतमले बताउनुभयो ।
 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter