खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ बन्ने भवनको शिलान्यास

11 महिना अगाडी

भक्तपुर । चाँगुनारायण नगरपालिका ७ अन्तर्गत खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ भवनको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा शिल्यान्यास गर्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद भँडेलले बिद्यालयका लागि आफ्नो तर्फबाट  आ.ब. २०७७÷०७८ को प्रदेश पूर्वाधार बिकास कोष (सांसद बिकास कोष) मार्फत रु २५ लाख सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।नगर प्रमुख मिश्रले स्कुललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । 
शर्मा खानी जेभी निर्माण कम्पनी काठमाडौंले निर्माणको ठेक्का पाएको  भवनको कुल लागत रु २ करोड ४८ लाख १९ हजार २ सय ७७ रहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जीवन खत्रीले बताउनुभयो ।उहाँले बिद्यालयलाई नगरपालिकाको शैक्षिक केन्द्र बनाउने गरी बिद्यालय परिवार लागेको जानकारी दिनुभयो ।
सो अवसरमा चाँगुनारायण–६ का वडाध्यक्ष सन्तबहादुर वाइबा, ७ का वडाध्यक्ष ज्ञानबहादुर केसी,बिद्यालयका प्रधानध्यापक कृष्णहरी बल्ल,बिद्यालयका प्लस टुका कोअर्डिनेटर जीवन गिरी लगायतले भवन समयमै सम्पन्न गरी गुणात्मक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षा अन्तर्गत बन्न लागेको भवन निर्माणका लागि गत चैतमा सम्झौता भएको थियो ।बजेटको स्रोत नेपाल सरकारबाट १७.६ पतिशत ,बैदेशिक ऋण ७४.९ पतिशत र बैदेशिक सहायता ७.५ प्रतिशत रहेको बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष खत्रीले बताउनुभयो ।
४ तले आठ कोठे भवन निर्माण आगामी बर्ष माघमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बिद्यालयले सीटीभीटीबाट सम्बन्धन प्राप्त गरेर ३ बर्षे सिभिल ईन्जिनियरीङ्गको पढाई सुरु हुने जनाएको छ ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter