खेम ओझा स्मृति पुरस्कार प्रदान

2018-08-12

काठमाडौँ, साउन २७ गते । खेम ओझा स्मृति प्रतिष्ठानले विभिन्न विधामा स्थापित चारवटा पुरस्कार प्रदान गरेको छ । हिजो शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
१० हजार रुपैयाँ राशिको खेम ओझा स्मृति पाण्डुलिपि पुरस्कार शीतल गिरीद्वारा लिखित ‘जीवाष्म’ निबन्धको पाण्डुलिपिलाई प्रदान गरियो भने पाँच हजार रुपैयाँ राशिको खेम ओझा स्मृति उत्कृष्ट कृति पुरस्कार विवेक ओझाद्वारा लिखित सामाजिक उपन्यास ‘ऐलानी’लाई प्रदान गरियो ।
यसैगरी पाँच हजार रुपैयाँ राशिको खेम ओझा स्मृति संगीत पुरस्कार युवागायक शिव परियारलाई प्रदान गरियो भने सोही राशिको खेम ओझा स्मृति कला पुरस्कार कलाकार देवेन्द्र काफ्ले थुम्केलीलाई प्रदान गरियो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले यस पुरस्कारले आफूहरूलाई आफ्ना क्षेत्रमा अझ जिम्मेवार र सशक्त भएर लाग्न प्रेरित गरेको बताए । प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद ओझाले आफ्नो संरक्षणमा रहेको प्रतिष्ठानले आगामी दिनमा अझ बढी सामाजिक, साँस्कृतिक, साहित्यिक र कलाका साथै अन्य क्षेत्रमा पनि विशिष्ट योगदान देओस् भन्ने शुभेच्छा प्रकट गरे ।
प्रतिष्ठानका अध्यक्ष निलमकुमार ओझाले आगामी दिनमा पाँच लाख रुपैयाँको अक्षयकोषलाई वृद्धि गरेर विज्ञान, प्रविधि, दर्शन र खेलकुदका क्षेत्रमा पनि काम गर्ने घोषणा गरे ।
समाजसेवी बुद्धि रेग्मीले प्रतिष्ठानलाई थप कार्य गर्न सहयोग पुगोस् भन्ने हेतुले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरे ।
प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले दिवंगत व्यक्तिका नाममा यस्ता प्रतिष्ठान स्थापना गरेर सामाजिक, साहित्यिक, कला र संगीतका क्षेत्रमा विशेष काम गर्नु उदाहरणीय भएको भन्दै आगामी दिनमा प्रतिष्ठानले अझ राम्रा र उदाहरणीय कार्य गर्न शुभेच्छा व्यक्त गरे ।
पाण्डुलिपि तथा उत्कृष्ट कृति पुरस्कार छनोटका लागि साहित्यकार महेश पौड्याल, गीता त्रिपाठी र प्रभाती किरण रहेको तथा कला र संगीत पुरस्कारका लागि संगीतकार सन्तोष श्रेष्ठ, गायिका निशा देशार र कलाकार केशवराज खनाल रहेको निर्णायक समिति निर्माण गरी उक्त समितिको सिफारिसबमोजिम पुरस्कृत गरिएकोे प्रतिष्ठानका महासचिव घनेन्द्र ओझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter