जय जग्दम्बें हाउसका प्रोप्राइटर, नेपाल वन पैदावार व्यवसायी संघ बर्दियाका महासचिव युवा समाजसेवी सन्तोष अर्याल (नेत्र) ले खेलाडीहरूको उत्साह बढाउन खेलकुद सामग्री सहयोग गरेका छन् । खेलकुद, औषधि विज्ञान, स्वास्थ्य,वन तथा वातावरण संरक्षणमा चासो राख्दै आएका बर्दियाका युवा समासेवि अर्यालले विभिन्न क्लबमा आबद्ध खेलाडी हरुलाई खेलाडीहरूलाई सामग्री वितरण गरेका हुन् ।
अर्यालले मधुवन ४ मा रहेको बर्दिया युवा स्पोर्ट्स क्लब मौवा, मधुवन २मा रहेको सगुन युवा क्लब बंगालिपुर , चुरे जनजागृति युवा क्लब ठाकुरबाबा ५ बनबीरपुरमा आबद्ध गरी जना खेलाडीहरूलाई फुटबल,भलीबल, जूता, नेट लगायतका खेलकुद सामग्री वितरण गरेका हुन् । जतिसुकै उतार चढावमा धैर्यता र लगाव नगुमाएमा सफलता अवस्य हात पार्ने मान्यता बोकेका अर्यालको समाजसेवाको काम आती प्रसंसनीय रहेको वडा अधक्ष्य बिन्ती राम थारुले बताए ।
बर्दियाको ठाकुर बाबा ९ हातिसारमा जन्मी हाल नेपालगञ्जको कारकादोमा बस्दै आएका अर्यालले विगत ५ वर्षदेखि नै क्लबहरुलाई खेलकुद सामग्री वितरण गर्दै आइरहेका छन। समाजसेवामा सदैव रुचि राख्ने अर्यालले चाँडै नै निःशुल्क स्वास्थ्य शिविर राख्ने योजना बनाएका छन् । खेलाडीहरूको उत्साह बढाउन खेलकुद सामग्री सहयोग गरेको अर्यालले बताए ।
जय जग्दम्बें हाउसका प्रोप्राइटर, नेपाल वन पैदावार व्यवसायी संघ बर्दियाका महासचिव युवा समाजसेवी सन्तोष अर्याल ९नेत्र० ले खेलाडीहरूको उत्साह बढाउन खेलकुद सामग्री सहयोग गरेका छन्।