ख्वपमा जनचेतनामूलक नाटक प्रदर्शन

2018-09-12

भक्तपुर, भदौ २७ गते । पाटन एकेडमी अफ हेल्थ साइन्स (पाटन अस्पताल)बाट सम्वन्धन प्राप्त अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौले भक्तपुरमा नाटक प्रदर्शन गरेको छ । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं अन्तर्गतको वन वल्र्ड थियटरले दूषित पानीबाट लाग्ने रोगविरुद्ध चेतना फैलाउने चेतनामुलक नाटक देखाएको हो । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं जनसम्पर्क विभाग प्रमुख सुनिता उदासले दूषित पानीबाट लाग्ने रोगविरुद्ध जनचेतना जगाउने उद्देश्यले नाटक देखाइएको जनाए । कार्यक्रममा श्रोतव्यक्ति डा नायनसी मितलले विद्यार्थीको माध्यमबाट यसबारे जनचेतना जगाउन कलेजमा कार्यक्रम गरेकोे जनाए । कार्यक्रम भक्तपुरस्थित ख्वप कलेजमा भएको थियो । त्यहाँं निशुल्क रुपमा शिक्षक विद्यार्थीलाई नाटक देखाइएको थियो । नाटकमा कलेजका शिक्षकशिक्षिका तथा वीए वीएसडव्लू, वीएस्सी इभारामेन्ट साइन्सका विद्यार्थी दर्शकका रुपमा सहभागी रहेका थिए ।  
नाटकमा कलाकारहरु लुनिभा तुलाधर, सन्देश शाक्य, समापिका गौतमलगायतले उत्कृष्ट प्रदर्शन गरेका थिए । नाटक एक घण्टाको थियो । 
देखाइएको नाटकमा तीनजनाको एउटा परिवार थियो । परिवारका एक सदस्य छोरीको एसईई दिने समय थियो । तिनी परीक्षाको तयारीमा थिइन् । परीक्षा हुनु एक दिन अगाडिको राति उनले क्युरिफाई नगरे (प्रशोधन नगरेको) को सार्वजनिक धाराको पानी सिधै पिउने गर्दछन् । त्यसबाट उनी विरामी पर्छिन् र अस्पताल जानुपर्ने भएर उनको परीक्षा छुटछ । त्यसकारण पानी शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ भन्ने शन्देश नाटकमा देखाइएको छ ।  
नाटकमा सवै गाउँंलले त्यही सार्वजनिक धाराको पानी सिधै पिउने देखाइन्छ । त्यसकारण अवदेखि सिधै नभई शुद्धीकरण गरेर मात्रै पानी पिउनुपर्छ भन्ने सन्देश नाटकमा देखाइएको छ । सार्वजनिक धराको पानी शुद्धीकरण गरेर मात्रै पिउनुपर्ने मुख्य सन्देश नाटकको थियो । 
नाटकका निर्देशक राजकुमार पुडासैनीले नाटक काठमाडौं र ललितपुरका विभिन्न ठाउँंहरुमा प्रदर्शन गर्न सकाएको जनाए । यस क्रममा यो भक्तपुरमा पहिलो पटक देखाइएको उनले जनाए । 
कार्यक्रमपछि कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ मायाको चिनो प्रदान गरेका थिए । साथै उनले नाटक टोली र संस्थालाई सम्मान गरेका थिए ।
तस्वीर छ ।  

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter