ख्वप माध्यमिक विद्यालय २२ वर्षमा प्रवेश

8 दिन अगाडी

भक्तपुर । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले चुनावी घोषणापत्रअनुसार जनतासामु भोट माग्दा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्ने सिलसिलामा भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले २०५६ साउन १६ गते तत्कालीन ख्वप उच्च मा.वि. (हाल ख्वप मा.वि.) २२ वर्षमा प्रवेश गरेको छ । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप मा.वि. स्थानीय तहबाट सञ्चालित नेपालको एकमात्र प्लस टु विद्यालय हो । 
ख्वप मा.वि.को जगमा ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान र ख्वप कलेज अफ इन्जिनियरिङ पनि सञ्चालन भयो । यसरी ख्वप मा.वि. शैक्षिक अभियानको अग्र मोर्चामा क्रियाशील रहदै आयो । २०७७ साउन १६ गते ख्वप मा.वि.ले २१ वर्ष पूरा गरी २२ औ वर्षमा प्रवेश ग¥यो । 
ख्वप मा.वि.का स्थापनाका उद्देश्यहरू 
सर्वसाधारण जनताका छोराछोरीलेसमेत अध्ययन गर्न सक्ने गरी कम शुल्कमा गुणस्तरीय शिक्षा दिने,
समाजलाई बुद्धिजीवीकरण गर्न सहयोग गर्ने,
एक्काईसौ“ शताब्दीका चुनौतिहरू सामना गर्न सक्ने जनशक्ति तयार गर्ने,
श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने ।
शिक्षालाई उत्पादन श्रमस“ग जोड्ने ।

ख्वप मा.वि.मा सञ्चालित शैक्षिक कार्यक्रमहरू
प्लस टु विज्ञान (कम्प्युरट विज्ञानसहित),
प्लस टु व्यवस्थापन (होटेल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर र फाइनान्स विषयसहित),
प्लस टु मानविकी (अङ्ग्रेजी, समाजशास्त्र, पत्रकारिता, गणित, नेपाली, राजनीतिशास्त्र, संस्कृति, पेन्टिङसहित),
प्लस टु कानुन । 
विद्यार्थी भर्ना 
हालसम्म विद्यालयमा विज्ञान सड्ढायमा ६,७४६, व्यवस्थापन सड्ढायमा ८,०४५, मानविकी सड्ढायमा १५५५ र कानुन सड्ढायमा ५० गरी कुल १६,३९६ जना विद्यार्थी भर्ना भइसकेका छन् । 
विद्यार्थी उत्तीर्ण
ख्वप मा.वि.मा भर्ना भएका विद्यार्थीमध्ये हालसम्म विज्ञानमा ४,८६८, व्यवस्थापनमा ५,८२५ र मानविकीमा ९७७ गरी कुल ११,६७० जना विद्यार्थीले प्लस टु तह उत्तीर्ण गरिसकेका छन् । 
अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक
ख्वप माविमा शैक्षिक वर्ष २०७६÷७७ मा ६८ जिल्लाका २,९०६ जना विद्यार्थी अध्ययनरत छन् भने २८ जिल्लाका १६९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
छात्रवृत्ति 
विद्यालयले प्रत्येक वर्ष जेहेनदार तथा गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा विद्यालयले ५२५ जनाभन्दा बढी गरिब तथा जेहेनदार विद्यार्थीलाई ६५ लाख ५५ हजार रूपैया“ छात्रवृत्ति प्रदान ग¥यो । यस शैक्षिक वर्षमा विद्यालयले रू. ६५ लाख छात्रवृत्ति शीर्षकमा बजेट विनियोजन गरेको छ । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter