गजल उज्यालो र प्रयास विमोचन

2018-07-08

काठमाडौं, असार २४ गते । कवि, गजलकार अस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । 
शनिबार संवाद डबलीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले अन्य साहित्यजस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरुले आफू अनुकुल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे । 
त्यस्तै रावलले रचनामाथि समालोचना गर्दै अफ्ना शब्द हुँदाहँुदै विदेशी शब्द साहित्यकारले आफ्ना रचनामा प्रयोग गरेकोप्रति टिप्पणी पनि गरे । विदेशी  शब्द प्रयोग गर्दा नेपाली भाषा र साहात्यिमाथि अन्याय हुने हुँदा त्यस्ता शब्दहरु प्रयोग नगर्दा नै राम्रो हुने सुझाव दिँदै साहित्यकारले समाजमा भएका तमाम विकृति–व्यतिथिविरुद्ध लेख्नु पर्ने बताए । उनले गजल साहित्यको गम्भीर विधा भएकाले गजलीय मर्यादाअनुसार रचना गरिनु पर्नेमा जोड दिए । 
कार्यक्रममा लेखक प्रदिप थापाले आफू लेखन विधामा एकदम कलिलो भएपनि लेखनमा निरन्तर लागिरहने बताए । लेखक थापाले पहिले र अहिलेका पठकहरु माया प्रेम सम्बन्धि नै बढी भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिने गरेको बताए ।  
विमोचन भएको ‘उज्यालोको खोजि’ गजलसंग्रहकी गजलकार अस्था केसीले आफू १५÷१६ वर्षको किसोरी अवस्थामा जनयुद्धमा लागेको र त्यहि समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् । उनले आफूले औपचारीक रुपले गजल विधाको अध्ययन नगरेपनि हिजोका आदि हुरीमय जनयुद्धकालीन मुक्ति यात्राले सिकाएको र अझै सिक्दै गरेको बताइन् । साथै केसीले आफूहरुले जनयुद्ध तथा मुक्त यात्रामा हुँदा देखेका सपना नेतृत्वले चक्नाचुर परेकोप्रति पीडा व्यक्त गर्दै अगाडि भनिन्,“शान्ति प्रक्रियापछि नेतृत्वले कार्यकर्तालाई जुम्राले लाश छाडेजस्तै हाम्रो जीवन अस्तव्यस्त बनाई दिए” उनले हिजो आफूहरु वर्ग मुक्तिको यात्रामा लागेको र आज पनि साहित्यमा पनि त्यहि वर्गीय मुक्तको लागि साहित्यिक सृजना गर्ने बताइन् ।
दश कक्षा पढ्दै गर्दा भूमिगत हुँदा त्यति समयदेखिनै साहित्य पढ्न र लेख्न थालेको र प्रचण्ड न चिनी आफूहरुले प्रचण्डपथ अंगालेका बताउने केसीले त्यो समयमा लेखिएका जनपक्षिय सहित्य आज हेर्दा अचम्म लाग्ने गरेको बताइन् । उनले आफूरु जुन सपना बोकेर जनयुद्धमा इमान्दार लडियो त्यो पूरा नभएको बताउँदै केही आंशिक परिवर्तनमै चित्त बुझाउनु परेको धारणा राखिन् ।  
विमोचन भएको पुस्तक तथा एल्बममाथि गजलकारहरु प्राती किरण, ज्ञानु विद्रोही, सैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी तथा अन्तराष्ट्रिय गजल मञ्च नेपाल च्याप्टर सम्योजक भरत पौडेल र  नेपाली गजल मञ्च अध्यक्ष घनेन्द्र ओझाले समालेचना गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, प्रेस काउन्सिल नेपालकी सदस्य संगिता खड्का, वरिष्ठ पत्रकार नरेन्द्र जंग पीटरको पनि उपस्थिती थियो ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter