गजुरेलको गर्जनः हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन

20 दिन अगाडी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाएका छन् । 
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् । उनले भने,‘हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको घट्ना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्ध लाठी चार्ज भयो । हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बmुझाउने भनेर समय लिएरनै त्यसतर्फ गएका थियौं ।’
गजुरेलले हनुमानस्थान् परिसरबाटै आफूहरुमाथि धरपकड भएको सुनाए । उनले भने,‘त्यहाँ खटिएका प्रहरीहरु डिएसपीको कमाण्डमा थिए । हामीले शान्तिपूर्ण रुपमा आफ्नो र्याली निकाल्दा किन यसो गरिएको भनेर डिएसपीलाई सोध्दा उहाँले माथिको आदेश भन्नुभयो । हामीले पनि उहाँलाई भन्यौं, माथिको आदेश दिने मान्छे को रैछ ? हामी पनि जानौं न भनेर सोध्दा गिरफ्तार गरियो । अन्धधुन्ध लाठीचार्ज गर्दा ८ जनाभन्दा बढि घाईते भए ।’ 
उनकाअनुसार लाठी चार्जमा घाईते हुनेहरुमा नेताहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, सुनिता बुढाथोकी, शारदा महतलगायत थिए भने पक्राउ पर्नेहरुमा सिपी गजुरेल, परि थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, दिपक बहादुर शाही, फुरनाम्गेल, वसन्त बोगटी, खगेन्द्र छन्त्याल, पदम भण्डारी, ढोग प्रसाद अधिकारी, मीन गिरी, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की, अमित योञ्जनलगायत थिए । 
उनले हिजो घटेको घट्ना प्रायोजित थियो भन्ने दाबी गरे । नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको पनि उनले सुनाए । गजुरेलले भने,‘भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमी राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्याँतिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरी यो विषयलाई उठायौं । सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला ? हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’
हिजोको घट्नालाई लिएर सामाजिक सञ्जाल तथा मूलधारका मिडियामा राम्रो कभरेज भएको पनि उनले सुनाए । गजुरेलले भने,‘हिजोको कदमले मुलुकमा ध्रुवीकरण पैदा गरेको छ । यो गम्भिर खतराको कुरा हो । देशको सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ । अनि देशभक्तहरुमाथि नै किन दमन गरियो ? हामीमाथि नै लाठी चार्ज भयो ।’
राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको ब्यानर च्यातिएको उनको गुनासो छ । उनले भने,‘राष्ट्रिय स्वाधिनताको पक्षमा बोल्दा हाम्रा ब्यानर च्यातिए । हामीले त सरकारसँग सहकार्य गरेर जान चाहेका थियौं । तर, हामीले नचाहँदा नचाहँदै देशमा ध्रुवीकरण हुन लाग्यो ।’ भारतले नेपाली भूमी मिचेर आफ्नो नक्शा जारी गर्दा नेपालले भने आफ्नो नक्शा पनि जारी गर्न नसकेको उनको आरोप छ । उनले भने,‘सरकारले आफूले गर्नुपर्ने कामपनि गरेन ।’ उनले नेपालको संविधानलाई विश्वकै सर्वोत्कृष्ट भनेर चर्चा गरिएको सुनाउँदै देशको संविधानमा निशान छाप नै भारतीय नक्शाको डुप्लिकेट रहेको टिप्पणी गरे ।  उनले भने,‘लिम्पियाधुराको चुच्चो नै गायब छ । यो त हद भयो ।’

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter