गभर्नर बन्दै शिवाकोटी

20 दिन अगाडी

पुस्कर बस्नेत
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरिञ्जीबी नेपालको कार्यकाल बुधवारबाट सकिएको छ । डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीलाई बुधबारबाट कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । यसले पनि सजिलै भन्न सकिन्छ कि अबको नेपाल राष्ट्र बैंकको गभर्नर भनेको चिन्तामणी शिवाकोटी नै हुन् । केहीदिन भित्रै शिवाकोटीलाई सरकारले नयाँ गभर्र्नरमा नियुक्त गर्नेछ । नेपालको बैंकिङ क्षेत्र र पुँजी बजारलाई समेत सहि बाटोमा लानका निम्ति गभर्नरको विशेष भूमिका हुने भएकाले यो महत्वपूर्ण निकायका रुपमा धेरैको ध्यान केन्द्रीत हुने गर्दछ । 
शिवाकोटी अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अत्यन्तै विश्वास गरेको व्यक्ति हुन् । नेपाल राष्ट्र बैंक भनेको मुलुकको अर्थतन्त्र सम्बन्धि अत्यन्त महत्वपूर्ण निकाय भएकोले समेत अन्य केही व्यक्तिहरुको नाम चर्चामा रहेको छ । शिवाकोटीसँगै महाप्रसाद अधिकारी, डा. गोविन्द्र बहादुर थापा, शिवराज श्रेष्ठ र राजन खनालको नाम पनि समेत चर्चामा रहेको छ ।
अरुको केही चर्चा भएपनि यो ठाउँमा गभर्नर बन्ने व्यक्ति भनेको शिवाकाटी नै हुने कुरा अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले विश्वास गरेका व्यक्ति हुन् शिवाकोटी । शिवाकोटीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अनुसार मुलुकको वित्तीय प्रणालीलाई सहि मार्गमा लानको निम्ति महत्वपूर्ण ढंङ्गबाट काम गरेकै कारण शिवाकोटीलाई रुचाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । अर्थमन्त्रीको अध्यक्षतामा एक जना पूर्व–गभर्नर तथा एकजना अर्थशास्त्रीसहित ३ सदस्यीय सिफारिस समिति गठन भई सिफारिस समितिले सिफारिस गर्ने सिफारिसको आधारमा एकजनालाई सरकारले गभर्नर नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री खतिवडा नै अब बन्ने गभर्नर शिवाकोटीको विकल्पका रुपमा अरु हुनै सक्दैनन् भनेर भित्रि रुपमा लागिपरेका छन् । यो समयले निर्धारण गरेको हो र शिवाकोटीले नेपाल राष्ट्र बैंकमा डुपुटी गभर्नर रहेर गरेको महान कामको प्रतिफल समेत हो, नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर तथा अर्थविद् हिमालय शमशेर राणा बताउनुहुन्छ । राणाले थपे, शिवाकोटीले नेपाल राष्ट्र 
बैंकको डेपुटी गभर्नर रहँदा गरेको कामको उच्च मूल्यांकनकै कारण उनको विकल्पमा अरु हुन नसक्ने कुरा राणाले बताए । 
शिवाकोटी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रहेर काम गर्दा धेरै राम्रो काम गरी बैंकिङ क्षेत्रमा आइपर्ने विभिन्न खालको समस्या र विभिन्न खालको नेपाल राष्ट्र बैंकको मौदिक नीति, मुद्रण प्रणालीलाई समेत शिवाकोटीले सही रुपबाट व्यवस्थापन गर्दै आफूलाई अग्र भागमा उभ्याएका छन् । राष्ट्र बैंकको इतिहासलाई समेत सही मार्गदर्शनमा लानका निम्ति अहिलेको नेपालको आर्थिक क्षेत्रको अतिरिक्त अन्य क्षेत्रलाई समेत लिड गर्न सक्ने क्षमताकै कारण शिवाकोटीको विकल्प छैन । यस अर्थमा पनि सजिलै भन्न सकिन्छ, तिनै शिवाकोटीले नेपालको बैंकिङ क्षेत्र, पुँजीबजार अबको समृद्ध नेपाल निर्माण कसरी सम्भव गर्न सकिन्छ भन्ने लगायतका दर्जनौ दर्जन नेपालका प्रिन्ट लाइन र केही विदेशी पत्रिकाहरुमा समेत आफ्नो लेखहरुलाई समग्र नेपाली जनताका बीचमा पस्कने काम गर्दै आएका छन् । 
शिवाकोटीसँग विश्वको धेरै देशको अर्थतन्त्रलगायतको बैंकिङ क्षेत्र सम्बन्धि तिन दशकको लामो अनुभव रहेको छ । शिवाकोटीले हिजो राष्ट्र बैंकको डेपुटी गभर्नर रहँदा मुलुकको मौद्रिक तथा वित्तीय व्यवस्थापनलाई सहज तथा प्रभावकारी रुपबाट भूमिका निर्वाह गर्दै आएको कुरा अर्थमन्त्री र प्रधानमन्त्रीलाई समेत राम्रो ज्ञान रहेको छ । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter