गुठी विधेयकबारे अगुवा सरोकारवालासँग छलफल

3 महिना अगाडी

काठमाडौं । सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा छ । यसै सन्दर्भमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज ९सोमबार० गुठी विधेयकमा समेट्नुपर्ने विषयमा छलफल गर्नुभएको छ । 
गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसद्, राजनीतिक अगुवा, काठमाडौं महानगरपालिकाका प्रमुख लगायतका सरोकारवालाहरूसँग मन्त्री अर्यालले छलफल गर्नुभएको हो। 
त्यस क्रममा सहभागी अगुवाहरूले नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाइ विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने बताउनुभएको थियो । परम्परादेखी संस्कारको रुपमा विकास हुदै आएको काठमाडौं उपत्यकाका गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँहरुको माग थियो । 
कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजनामा सरकार रहेको बताउनुभयो । सरकारले एकीकृत कानुन बनाउन लागेको भन्दै उहाँले त्यसका विषयमा छलफलकै चरणमा रहेकाले ड्राफ्ट बनिनसकेको बताउनुभयो । ुहामीले ड्राफ्ट बनाउनुभन्दा पहिले सुझाव लिउ भनेर छलफल अगाडी बढाएका छौु, मन्त्री अर्यालले भन्नुभयो, ुकाठमाडौं उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेटेर विधेयक बनाउछौ ।ु 
कार्यक्रममा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण र निरन्तरताको प्रत्याभूती नयाँ गुठी विधेयकले गर्नुपर्ने बताउनुभयो । यहाँको गुठी संस्कृती, भावनासँग जोडिएको विषय भएकोले संवेदनशील विषय भएको भन्दै उहाँले संस्कृति सञ्चालनका सन्दर्भमा हस्क्षेप नहुनेगरी परम्परा, संस्कृतिको संरक्षण तथा निरन्तरता हुनेगरी कानुन आउनुपर्ने बताउनुभयो । उहाँले गुठीलाई व्यवस्थित गर्दा उपत्यकालाइ विशेष व्यवस्था गरेर जाँदा उपयुक्त हुने बताउनुभयो । 
नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले उपत्यकाका सन्दर्भमा गुठी भनेको भावनासँग जोडिएको विषय भएकोले उपत्यकाबासीको भावनात्मक विषयलाई चोट नपुग्नेगरी विधेयक ल्याउन आग्रह गर्नुभयो । समग्र गुठी व्यवस्थापन गर्दा प्राधिकरणको वोर्ड निर्माण प्रकृया तथा काम, कर्तव्य र अधिकारमा समेत हेरफेर गर्न उहाँले आग्रह गर्नुभयो । 
प्रदेश नम्बर ३ का प्रदेश सांसद राजेश शाक्यले उपत्यकाको गुठीलाइ विशेष सम्बोधन हुनेगरी विधेयक आउनुपर्ने बताउनुभयो । विगतमा गुठीका जग्गा विभिन्न बहानामा अतिक्रमण भएको घटना उपत्यकामा थुप्रै भएको दृष्टान्त उल्लेख गर्दै काठमाडौंबासीको गुठीसँग जोडिएको भावनामा चोट नपुग्नेगरी विधेयक आउनुपर्ने बताउनुभयो । रानीपोखरी, असन जस्ता क्षेत्रमा गुठीको जग्गा व्यक्तिको नाममा बनाइएको भन्दै उहाँले ती घटनाले पनि गुठी विधेयक सम्बन्धमा बढी उपत्यकाबासीलाइ बढी चिन्तित बनाएको उहाँको भनाइ थियो । 
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने बताउनुभयो । काठमाडौं उपत्यका मन्दिरै मन्दिर, जात्रै जात्रा, पर्व, पुरातात्विक, ऐतिहासिक महत्वको शहर भएकोले यसलाई विशेष सम्बोधन गर्न आवश्यक भएको मेयर शाक्यको भनाइ थियो । 
त्यस अवसरमा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाल गौतमले सरकारले ल्याउन लागेको एकीकृत भूमि सम्बन्धी कानुन कार्यान्वयन गर्न सहज होस् भनेर विभिन्न चरणमा छलफल अगाडी बढाइएको बताउनुभयो । सचिव गौतमले कानुन बनाउदा के विषयलाइ कसरी प्रस्तुत गर्ने भन्ने महत्वपुर्ण भएकाले छलफल गरिएको बताउनुभयो । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter