गुरुङको ‘असल संस्कारः समृद्धिको आधार’ पुस्तक विमोचित

2018-12-15

काठमाडौं । संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी पशुपति गुरुङद्धारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृतिको विमोचन गरिएको छ । संस्कार समाज नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरेको हो । 
प्राध्यापक उषा ठाकुर, पूर्व राज्यमन्त्री तथा साहित्यकार भद्रा कुमारी घले, तोयानाथ पौडेल, कृष्णप्रसाद पौडेल, खेम तिवारीलगायतले उक्त पुस्तक संयुक्त रुपमा विमोचन हुन । 
कार्यक्रममा प्रा. उषा ठाकुरले साहित्य र संस्कार संस्कृृतिबीच अन्योन्याश्रित सम्बन्ध रहने बताईन् । 
उनले भनिन्,‘समाज सुधारको लागि साहित्यकारहरुको ठूलो भूमिका हुन्छ, देशको विकास र समृद्धि भाषण गरेर आउँदैन, बोलेका कुराहरु व्यबहारमा उतार्नुपर्छ, राजनीति, सामाजिक मुल्य मान्यताहरु संस्कारयुक्त हुनुपर्छ, यसको लागि पशुपतिजीको कृति एकदमै पठनीय छ, राम्रो छ, त्यही पंक्तिमा पशुपति गुरुङ उभिनुभएको छ, यसलाई निरन्तरता दिनुहोला, मेरो शुभकामना छ ।’
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा वरिष्ठ साहित्यकार भद्रा कुमारी घलेले साहित्यमा लोकजीवनको कथावस्तु समेटिनुपर्ने धारणा राखेकी छिन् ।
उनले भनिन्,‘नेपाली साहित्यमा आफ्नोपन, मौलिकपन हराउँदै गएको छ, लोकसाहित्य, लोकसंस्कृति, लोकसंगीत हुुनुपर्छ यही मान्यतामा रहेर पशुपतिले पुस्तक लेख्नुभएको छ, यस कृतिको महत्व निक्कै ठूलो छ, समाजको लागि साहित्यले ठूलो भूमिका खेलेको हुन्छ, यस अभियानमा पशुपति लाग्नुभएको छ, आफू र आफ्नो समाज मात्रै नभएर सिंगो देशको बारेमा चिन्ता र चासो राख्ने मानिसहरु समाजमा निक्कै कम छन्, सात जना महिलाहरुले सुरु गरेको संस्कार समाज नेपालले ठूलो भूमिका खेलेको छ,आगामी दिनहरुमा पनि यस्तै भूमिका खेल्दै जानुहोला भन्ने मेरो कामना छ।’ 
कार्यक्रममा कृतिकार गुरुङलाई कक्षा १० सम्म पढाएका शिक्षक तोयानाथ पौडेलले आफूले शिक्षा दिएको विद्यार्थीले पुस्तक लेखेर आफैलाई विमोचन कार्यक्रममा बोलाउँदाको खुशी शब्दमा व्यक्त गर्न नसकिने बताए । 
उनले भने,‘काँस्की घान्द्रुकको गुरुङ परिवार निक्कै राम्रो, सफा सुन्दर र शिक्षित थियो, घान्द्रुकमा स्कुल स्थापना गर्नको लागि पशुपतिका बुवाले ठूलो भूमिका खेल्नुभएको थियो, उहाँको परिवार नै समाज सुधारक तथा सेवामा लागेको देखिन्छ, संस्कारिलो परिवेश र परिवारबाट हुर्केबढेकी पशुपतिले एउटा संस्था चलाएकी रहिछन्, यो निक्कै खुशिको विषय हो, यसरीनै भविष्यमा थप प्रगति गर्दै जानु मेरो शुभकामना छ ।’ 
त्यस्तै अर्का शिक्षक कृष्ण प्रसाद पौडेलले मुलुकको विकास र समृद्धिको आधारस्तम्भका रुपमा आफूलाई उभ्याएको कृतिकार गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले भने,‘उनले आफ्नो जन्मभूमि र जीवनका २२ वर्षहरु जापान र कोरियामा बिताएका पलहरुलाई यस कृतिमा समावेश गरेकी छिन्, जन्मभूमिलाई भुलेकी छैनन्, यो सबैभन्दा राम्रो कुरा हो, जन्मभूमिप्रतिको माया र देशको विकास नहुनका कारणहरुलाई विदेशमा सिकेर स्वदेशमा केही गरौं भनेर फर्केकी छिन्, यसरीनै समाज र देशको विकासमा समर्पित रही रहनको लागि पशुपतिलाई मेरो अनुरोध छ ।’  

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter