गोसाइँकुण्डमा १० हजार भक्तजन

1 महिना अगाडी

गोसाइकुण्ड  ।जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ ।
मन्दिरमा सङ्कलन भएको भेटी रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो । प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णयबमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ । 
यही साउन २६ गते एकादशीदेखि ३० गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा १० हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समुन्द्री सतहदेखि १४ हजार १०० फिटको उचाइ रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पौराणिक धार्मिक तीर्थमा पाल्पा, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, गोरखा, चितवन, नवलपरासी, बाँके, मकवानपुर, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गा, उदयपुरसमेतका जिल्लाबाट भक्तजन तीर्थ गर्न गएको बताइएको छ । 
पवित्र तीर्थको मेला भर्न गोसाइँकुण्ड पुगेका सबै यात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र धार्मिक मार्ग पूरै खाली भइसकेका कारण अस्थायीरूपमा राखिएका धार्मिक मार्गको सबै छाप्रा थर्कु हटाउने कार्य अगाडि बढिसकेको स्थानीय व्यवसायीले बताएका छन् । धार्मिक मार्गमा यात्रुबाट फ्याँकिएका फोहर सङ्कलन र व्यवस्थापनका लागि सहभागितामूलक तरिकाले हातेमालो गरी अगाडि बढ्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले धार्मिक मार्गका सबै होटल व्यवसायीसँग आग्रह गरेको छ ।  


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter