ग्रेस इन्टरनेश्नलले प्रस्तुतिमा ‘फेसअफ प्लस टु’का प्रतियोगिले देखाए प्रतिभा

7 महिना अगाडी

काठमाडौं । ग्रेस इन्टरनेश्नलले प्रस्तुत गरेको ‘फेसअफ प्लस टु २०१९’का प्रतियोगिले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित फेसअफ प्लस टुको दोस्रो संस्करणमा सहभागी भएका प्रतियोगिले ट्यालेन्ट शो अन्तर्गत आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हुन् ।
किशोर किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने यो प्रतियोगितामा किशोरतर्फ १८ जना र किशोरीतर्फ १४ प्रतियोगिले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिले नृत्य, गीत, कविता, अभिनय, आर्टलगायतका आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित यस प्रतियोगिताको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पाले रहेका थिए ।
प्रतियोगिताले किशोर तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाका निर्देशक नारायण थापाले बताए ।
गेट वे कलेज मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजनमा लुम्बिनी कलेज र विनायक सिद्ध कलेज रहेका छन् । त्यस्तै आयम इन्टरनेशनल कलेज, विट्स एकेडेमी, केयू सिटी कलेज, सम्झना पव्लिकेशन प्रा.लि., चामुण्डा व्रिज कोर्स, केएसी कुुरीनरी आर्टस, फ्लाइटेक इन्टरनेशनल, आश म्युजिक कम्पनी, हट वेव सलुसन, चावहिल स्पोर्टस क्लव, ज्यागुएर सेकुरिटी, बुटिक पाट्नर अभियगल, नेशनल माउण्टेन भ्यु रिसोर्ट, ग्रान्ड नरलिङ होटलस् रिर्सोटलगायतको साथ सहयोगमा प्रतियोगिता भइरहेको निर्देशक थापाले बताए ।
यतिवेला व्यक्तित्व विकास सम्बन्धि दैनिक विभिन्न तालिम लिइरहेका प्रतियोगिहरु यही मंसिर २३ गते अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका छन् । प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter