चन्द्र ह्याण्डिक्राफ्ट भक्तपुर उत्कृष्ट महिला उद्यमीबाट सम्मानित

8 दिन अगाडी

काठमाडौ । चन्द्र ह्याण्डिक्राफ्ट भक्तपुरकी चन्द्रलक्ष्मी प्रजापति उत्कृष्ट महिला उद्यमीबाट सम्मानित हुनुभएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवार काठमाडौंले उहाँंलाई शुक्रबार एक कार्यक्रम गरी राजधानीमा सम्मान गरिएको  हो । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उहाँंलाई सम्मान गर्नुभएको हो । उत्कृष्ट महिला उद्यमी सम्मान कार्यक्रम २०७६ मा उहाँं सम्मानित हुनुभएको हो । प्रदेश नं ३ बाट छनौट भई उहाँंलाई उत्कृष्ट महिला सम्मान प्रदान गरिएको हो । साविक भक्तपुर नगरपालिका वडा नं ३ हाल भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकस्थित चन्द्र ह्याण्डिक्राफ्टका उहाँं प्रदेश नं ३ बाट उत्कृष्ट महिला घोषित हुन सफल हुनुभएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले स्वेदेशी कच्चा पदार्थको प्रयोगबाट उत्पादन हुने उद्योगलाई सरकारले विशेष प्राथमिकता दिने बताउनुभयो । मन्त्री यादवले व्यापार घाटालाई न्युनीकरण गर्न सरकारले निर्यातमुखी उद्योगलाई विशेष प्राथमिकता राखेको जनाए । 
राष्टिय योजना आयोगका सदस्य रामकुमार फुयाँंल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी, उद्योग वाणिज्य तथा आपूति सचिव (उद्योग) यामकुमारी खतिवडा (बास्कोटा) लगायतले स्वदेशी उद्योगबाट उत्पादित सामानहरुलाई निर्यातलाई वढावा दिनुपर्ने बताउनुभयो । यसका लागि निर्यातको पाँंच प्रतिशत रकम सरकारले निर्यात गर्ने उद्योग र उद्योगीलाई प्रोत्साहनस्वरुप प्रदान गर्ने योजना रहेको उहाँंहरुले बताउनुभयो । 
उद्योग वाणिज्य तथा आपूति मन्त्रालय उत्कृष्ट महिला उद्यमी छनौट सिफारिफ समितिका संयोजक एवं सहसचिव दिनेश भटराईले उत्कृष्ट महिला उद्योमी छनौटका क्राइटेरियाहरुबारे जानकारी दिनुभयो । सृजना, लगानी, स्थानीय श्रोत, आयात प्रतिस्थापन, निर्यात, अनुसन्धान, राज्यलाई योगदान, कर दायित्व, नीतिगत प्रावधान, सामाजिक दायित्व, दुर्गम क्षेत्र, उत्पादन र उत्पादनशिलतालगायतका निर्धारक तत्वका आधारमा उत्कृष्टता छनौटको आधार भएको बताउनुभयो । कार्यक्रममा उहाँंहरुले उद्यमशिलताको प्रबद्र्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाली महिला उद्यमी व्यवसायीका हैसियतले सम्मान गरेको बताए । साथै उहाँंहरुले नेपालको औद्योगिक विकासमा सम्मानित महिलाहरुबाट निरन्तर योगदान दिइरहने विश्वास व्यक्त गर्नुभयो । प्रजापतिसहित देशभरबाट ५४ जना महिला सम्मानित भएका थिए । 

 

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter