चरित्र निर्माणका लागि नाटक टोलि लेटाङ प्रस्थान

2018-09-14

काठमाडौं, भदौ २९ गते । मौलिक र सामाजिक परिवेषमा आधारित लिलामे माइलो नामक लोक नाटक तयारी प्रारम्भ भएको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । नाटक मंसिर महिनाको अन्तिम हप्ताबाट कुञ्ज नाटक घरमा मञ्चन हुने छ । 
एक महिना सम्म कुञ्ज नाटक घरमा मञ्चन भएपछि सो नाटक देशका विभिन्न प्रमुख शहरमा पनि मञ्चन गर्ने योजना रहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानरकारी दिनुभयो । 
लिलामे माइलो नाटकका निर्देशक एवंम कलाकारहरुलाई एक समारोहकाबिच शुक्रबार लेटाङ प्रस्थानका लागि बिदाई तथा सम्मान गरियो ।
कार्यक्रममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष विकास मानन्धरले नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित सामाजिक भावले यो किसिमको नाटक तयार गर्न थालेकोमा शुभकामना व्यक्त गर्दै जेसिजका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रमको अध्यक्षता गर्नु भएका नेपाल टेलिभिजनका बोर्ड अफ डाईरेक्टर एवं लेखन कुञ्जका सम्पादक वरिष्ठ पत्रकार टंक पन्तले नेपाली नाट्य क्षेत्रमा हुन गैरहेका फरक प्रयोगले नयाँ युवा पुस्तका निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुशन्धानमुुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुने बताउनुभयो । 
लिलामे माईलोका निर्देशक प्रभाकर न्यौपानेले  रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताउनुभयो ।  चरित्र निमार्ण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङजान लागेको बताउनुभयो । नाटकका दर्सकहरुलाई यथार्थता महशुस गराउन स्थलगत संगित र प्रत्यक्ष संगीतको प्रयोग गरिने छ र नाटकका दर्सकहरुलाई गाउँले परिबेस सम्म पुर्याउन दृष्य अनुसारका स्थानीय स्तरमा उपलब्ध झारपात तथा जडिबुटिहरुको बास्नाको समेत प्रयोग गरिने छ ।
नाटकलाई अन्तराष्ट््िरय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरि रहेको निर्माण पक्षले जानकारी दिएको छ । यस नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलनलाई प्रबर्धन गरिने छ । भने नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । 
नाटकमा निर्देशक प्रभाकर न्यौपाने, नाट्या रुपान्तरण राज थापा काउचा, कलाकारहरुमा विजय नेपाल , विरेन्द्र खातिन, निशा पाख्रिन तामाङ, पुष्प अवस्थि, सलमाना गुरुङ, अलविना न्यौपाने, राजन भुजेल, फोटोग्राफि डकुमेन्टेसन युसव गौतम लगाएत रहेका छन् । 
लिलामे माईलो नामक मञ्चनबाट संकलन हुने रकम काभ्रे जेसिजको समन्वयमा सामाजिक कार्यमा लगाईने छ । नाटक हेर्न माईला भएर जन्मनुभएकाहरुलाई निशुल्क देखाउने कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter