चाँगुनारायणले दिगो विकासका सबै लक्ष्य हासिल गर्न कार्ययोजना बनाउने

26 दिन अगाडी

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र दिगो विकासका सबै लक्ष्य हासिल गर्ने गरि कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले शान्ति, न्याय, सुशासन प्रबद्र्वन गर्न सरोकारवाला निकाय तथा सामाजिक संघसंस्थाहरुसँग साझेदारी गर्दै अघि बढ्ने बताउनुभयो । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरले आयोजना गरेको ‘नेपालमा दिगो विकास लक्ष्य १६ को स्थानीयकरण’ बिषयक नगरपालिका स्तरिय अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख मिश्रले महिला हिंसा अन्त्य, बालअधिकारको सुनिश्चितता, स्वास्थ्यको अवसर, गुणस्तरिय शिक्षा, रोजगारको अवसर सिर्जना, सुरक्षाको प्रत्याभूति गराउने गरि नगरपालिकाले योजना बनाएर कार्य गरिरहेको बताउनुभयो । उहाँले विश्वले सन् २०३० सम्मका लागि तय गरेका १७ मध्ये नेपालको सन्दर्भमा आवश्यक १६ वटा लक्ष्य निर्धारित समयभन्दा अगावै गर्न नगरपालिका प्रतिबद्व रहेको उल्लेख गर्दै यसका लागि ठुलो बजेट, स्रोत र साधन आवश्यक भएकाले सबै सरोकारवालाको साझेदारी आवश्यक रहेको बताउनुभयो । 
अन्र्तक्रिया कार्यक्रममा नगर उपप्रमुख विना बास्तोलाले दिगो विकास लक्ष्यले निर्धारण गरेका कार्यहरु कुनै न कुनै रुपमा नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा समावेश भएको उल्लेख गर्दै नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई दिगो विकास लक्ष्यसँग जोड्ने गरि योजना कार्यान्वयन गर्ने बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जीतराम लामाले दिगो विकास लक्ष्य गाउँ र नगरका पहुँच नपुगेका तल्ला स्तरका नागरिकको पहुँचसँग जोडिएको बताउनुभयो । अध्यक्ष लामाले स्थानीय सरकारले नागरिकका सामान्य आवश्यकताका बिषयलाई सुक्ष्म रुपमा अध्ययन गरि उनीहरुका माग र आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो । नागरिकका सामान्य आवश्यकतालाई ध्यान दिन नसक्दा समाजमा शान्ति र सुशासन चुनौती बन्ने गरेको बताउनुभयो । 
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनताका आधारभूत आवश्यकता, जलवायु परिवर्तनले पारेका असर न्यूनिकरण, वातावरणिय व्यवस्थापन, गाँस, बाँस, कपासको व्यवस्था, सूचनाको हक, सुशासन, शान्ति, न्यायको प्रत्याभूति गराउनेतर्फ नगरपालिकाको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा गैसस महासंघका केन्द्रिय महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव अर्जुन भट्टराई, भक्तपुर जिल्ला शाखा सचिव नारायण प्रसाद न्यौपाने, कार्यक्रम संयोजक अनिल उपाध्यायलगायतले दिगो विकास लक्ष्य १६ को स्थानीयकरणको आवश्यकता र औचित्यतामाथि चर्चा गर्नुभयो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter