चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी

2019-04-02

काठमाडौं । चैत्त १६ गते सुरु भएको पाँच दिवसीय प्रदर्शनी चैत्र २० गतेसम्म चल्ने छ । प्रदर्शनीमा यादवका २९ वटा कलाचित्र प्रदर्शित छन् ।
व्यावसायिक रुपमा मिथिला चित्रकलामा विगत ६ वर्षदेखि सक्रिय रहेकी यादवले पछिल्लो तीन वर्षमा कोरेका चित्रहरु एकल प्रदर्शनीमा राखेको बताउनुभयो ।
नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभइ समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरु कोरेकोले प्रदर्शनीको नाम ‘कलर्स अफ चेन्ज’ राखिएको उहाँको भनाइ छ ।
 प्रदर्शित कलाचित्रहरुमध्ये केही चित्रहरु नेपालको तराईमधेश र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली भल्काउने खालका छन् भने अधिकांश चित्रहरु समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन् । 
विशेषगरी दाइजो प्रथा, बालिका भ्रुण हत्या, बाल विवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानताजस्ता जल्दोबल्दो समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत् देखाएका मात्र छैनन्, उहाँले यी विसंगतिहरु मानव सभ्यताकै लागि कलङ्क र पछौटेपनको प्रतिक हुन् भन्ने खोज्नुभएको छ ।
 ‘‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरुमार्फत् मैले आफ्ना असहमति र रिस पोखेको हुँ ।’’ चित्रकार यादवको भनाइ छ । 
चित्रकार यादवका अनुसार रङ्ग र ब्रस उनका हतियार हुन् जसलाई आर्ट पेपर र क्यान्भासमा प्रयोग गरेर समाजमा शताब्दीयौदेखि विद्यमान् अन्याय, अत्याचार र विकृतिविरुद्ध उहाँ लड्ने गर्नुहुन्छ । 
‘‘कला कलाका लागि मात्र होइन । कला समाजका लागि पनि हुनुपर्दछ भन्ने मेरो बुझाइ छ । त्यही बुझाइ र विश्वासअनुसार नै समाजमा व्याप्त विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध मैले मेरा चित्रहरु कोर्ने गर्दछु ।’’ यादव भन्नुहुन्छ ।
चित्रकार यादवका कलाचित्रका चीन चरणहरु पाइन्छ । पहिलो, समाजमा व्याप्त समस्या र विकृतिको चित्रण । दोस्रो, समस्या र विकृतिसँग द्वन्द्व एवम् संघर्ष । तेस्रो, ती समस्या र विकृतिको समाधान । 
आफुले समाजमा विद्यमान् विसंगति, विकृति र अन्यायको चित्रण मात्रै आफ्नो चित्रहरुमा नगरेको भन्दै चित्रकार रन्जुले त्यसको समाधान पनि आफ्ना चित्रहरुमार्फत् सुझाएको बताउनुभयो ।तराईमा व्याप्त दाइजो÷दहेज प्रथालाई लक्षित गर्दै त्यसको विरोधमा कोरिएका तीन वटा चित्र यादवले प्रदर्शनीमा राख्नुभएको छ ।
त्यसैले शिक्षा र स्वतन्त्रता दिएपछि मात्र महिला र पुरुषबीचको असमानता र भेदभाव हट्ने सन्देश चित्रकार यादवले केही चित्रमार्फत् दिनुभएको छ । 
यस्तै, पति वैदेशिक रोजगारमा गएपछि पत्नीले घरपरिवारदेखि घरबाहिरका सबै काम सम्हाल्नु परेकोले त्यसले गर्दा महिला सशक्तीकरण हुने अवस्थाको चित्रण पनि उहाँको चित्रमा पाइन्छ ।
             
 

 
 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter