चेतना प्रतिष्ठानद्वारा पत्रकार युवराज घिमिरे पुरस्कृत

2 महिना अगाडी

काठमाडौं । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरको आज यहाँ आयोजित १४औँ वार्षिक साधारणसभाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई नरेश सुवेदी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । पत्रकार घिमिरेलाई नगद रु ५१ हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
यसैगरी प्रतिष्ठानले सामाजिक सेवा पुरस्कारबाट विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीसहित एक दर्जन स्रष्टालाई सम्मानित गरिएको छ ।
प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले पुरस्कार वितरण गर्दै  चेतना र विवेकलाई सँगै लगेमा मुलुकमा समृद्धि कायम हुने बताउनुभयो । उहाँले सम्मानित व्यक्तिहरुले आप्mनो सम्मान कायम राखी राष्ट्रको कला, संस्कृति र भाषाको विकासकार्य लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अङ्ग्रेजी भाषाको मोहको कारण नेपाली भाषा सङ्कटमा परेकोमा चिन्ता व्यक्त गर्दै प्रतिष्ठानले नयाँपुस्तालाई भाषा र साहित्य उत्थानमा दिशानिर्देशन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकार भाषा, साहित्य र कलाको संरक्षणका लागि कार्यदल गठन गरी त्यसको प्रतिवेदनको आधारमा स्व बालकृष्ण पोखरेलका नाममा रु एक लाखको पुरस्कार स्थापना गरी वितरण गरेको बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मानित पत्रकार युवराज घिमिरेले चेतनाको विकास बृहत राष्ट्रका लागि हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, बेलवारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रतिष्ठानका संरक्षक हरिभक्त सिटौला, कवि केदारनाथ सत्याल, बाबुराम श्रेष्ठ र  गोपालप्रसाद सुवेदीले प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्नुपर्ने, स्थानीय सरकारमा भाषा, सहित्य र कलाको संंरक्षणको विषय प्रवेश हुनुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख प्रा डा तुम्वाहाङले बाबुराम श्रेष्ठ वर्षाद्वारा लिखित ‘समयको हुरी’ विषयक कविता सङ्ग्रह र स्व बालकृष्ण पोखरेल विशेषाङ्क ‘चेतना सन्देश’ त्रैमासिक साहित्यिक पत्रिकाको विमाचन गर्नुभयो ।

Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter