छन्द कविताको मानकीकरणको लागि नयाँ अभियानको घोषणा

2018-08-03

काठमाडौं, साउन १८ गते । साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका साथै नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले छन्द कविताको मानकीकरणका लागि नयाँ अभियानको घोषणा  भएको छ । 

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमबाट छन्द कविताको मानकीकरणका लागि गरिने वर्ष भरिका कार्यक्रम सार्वजनिक गरिएको छ । डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मुर्त रुप प्रदान गर्दै हरेक महिना तिन जना प्रतिनिधि कविहरुका प्रतिनिधि कविताहरु प्रस्तुत गर्ने गरि छन्द तरङ्ग मासिक शृङखलाको थालनि गरिएको हो । छन्द अभियन्ता रमेश खकुुरेल कार्यक्रममा बोल्दै छन्द कवितालाई सबै उमेर समुहमा पुर्याउने र यसको महत्वबोध गराउने कार्यमा यो अभियान सार्थक हुने बताउनुभयो । प्रा.राजेन्द्र सुवेदीले संस्कृत पछि नेपाली भाषा मात्र शास्त्रीय छन्दको एक मात्र उत्ताराधिकारी रहेको र अरु भाषाले छन्दको मर्मलाई बहन गर्न नसकेने विचार व्यक्त गर्नु भयो । प्राज्ञ नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको आधुनीक नेपाली कविताको प्रतिनिधि संग्रहमा छन्द कविहरुले सम्मान जनक स्थान नपाउनु दुःखद रहेको बताउनुभयो । 
छन्द कविताका अभियन्ता तथा कार्यक्रम संयोजक डा. देवी नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै छन्द कविताको मानकीकरणका लागि हरेक महिना स्तरीय कविताहरु सम्प्रेषण गर्दै जाने, वार्षीक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कार समेत प्रदान गर्ने वार्षिक योजना प्रस्तुत गर्नु भयो । अर्का संयोजक डा. रामप्रसाद ज्ञवालीले आफुहरुले सुरु गरको अभियानले औपचारिक उचाई प्राप्त गरेको र नयाँ पुस्ता समेत छन्द जागरण अभियानमा सर्मपीत भएको देख्दा यो अभियान झन फलदायी हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा कोषराज न्यौपान, प्रा.डा. हेम चन्द्र नेपाल, डा. शैलेन्दु प्रकाश नेपालले छन्द कविताको मानकीकरणका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमको सफलताको कामना गर्दै अक्षयकोषको स्थापनाकालागिकवि भारद्धाज मित्रले आफ्नी आमाको सम्झनामा रु १ लाख प्रदान गर्नुभयो । साथै सहभागीहरुले एक वर्षको कार्यक्रमभरि उपस्थित हुने बाचा सहित अग्रिम नाम दर्ता गराउनु भएको छ । 
लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) का अध्यक्ष कमल ढकालले यस्तो एैतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुःसी व्यक्त गर्दै अभियानका लागि संस्थाबाट गर्नुपर्ने सबै कुरामा कुनै पनि कमि आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रत्येक महिनाको तेस्रो शुक्रबार ३ः३० बजे देखि ५ बजे सम्म छन्द तरङ्ग नयाँ बानेश्वर, थापागाउँ मा रहेको लेखन कुञ्जको कुञ्ज थिएटरमा गुञ्जने छ । शृङखलाको थालनी १५३ औं मोती जयन्तीका सन्र्दभमा भदौ २२ गते शुक्रबार डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल र प्रभा भट्टराईका कविताबाट गरिने छ । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter