जनकपुर–जयनगर रेल चलाउने तयारी

8 दिन अगाडी

–अजयकुमार साह
धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।
पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताउनुभयो ।
मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ । उहाँले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताउनुभयो । विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरीद गर्ने जनाएको छ । रेल खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताउनुभयो । मुलुककै एक मात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इञ्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ । जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इञ्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ ।
नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इञ्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् । जनकपुरबाट करिब १५ किमी दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेहनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इञ्जिन संरक्षण भएको छैन । रासस


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter