जनताको पीडाले मन पोलेपछि फेरि पनि राहत बाँडेः सांसद रोका

1 महिना अगाडी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की रुकुम (पूर्व) की प्रतिनिधिसभाकी सांसद कमला रोकाले पाँचौ चरणको राहत वितरण गरेकी छिन् । उनले आफ्नो जिल्लाबाट काठमाडौं आएर बसेका नागरिकलाई हिजो राहतस्वरुप चामल वितरण गरेको जनाएकी छिन् ।

कोरोना भाइरसको त्रासका कारण लकडाउनले मानिस पीडित भएको बेला उनले विभिन्न व्यक्ति र संस्थासँग समन्वय गरी राहत बाँड्दै आएकी छिन् । मानिसले खान पाइरहेका छैनन्, रोगले भन्दा पनि भोकले मानिसको ज्यान जाने भएकाले पनि आफ्नो कर्तव्य पालन गरेको उनले बताइन् । उनले कीर्तिपुरको मच्छेगाउँ र चन्द्रागिरी  नगरपालिकाको  मातातिर्थ पुगेर ७१ परिवारलाई राहत उपलव्ध गराएकी हुन्  । उनको यो अभियानलाई चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकबिक्रम शाहले ३० बोरा चामल, अमेरिकामा रहेका अभय श्रेष्ठले ७ बोरा चामल र सामाजिक अभियन्ता तथा युवा नेता प्रदीप परियारले १० बोरा चामल उपलब्ध गराएका थिए । शाह रुकुम पश्चिम निवासी हुन् । पूर्वमन्त्री र नेकपाको केन्द्रीय सदस्य समेत रहेकी रोकाले राहत वितरणका लागि सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेकी छिन् । उनले आगामी दिनमा पनि यस प्रकारका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।  यसअघि आफ्नो  तर्फबाट रअरुको सहयोगबाट नै गोलढुंगा, रानीबन, कीर्तिपुर पुगेर राहत वितरण गरेकी थिइन् । त्यसैगरी बाफल काठमाडौका समाजसेवी ताराबहादुर कुवरको सहयोगमा ३३ परिवारलाई पनि राहत बाँडिएको थियो, जसको लागि सांसद रोकाले नै समन्वय गरेकी थिइन् ।

सांसद रोकाले राहत वितरण गर्दा राहत पाउनेहरु निकै खुशी भएका थिए । उनीहरुले यो असहज अवस्थामा दिएको राहतले आफ्नो जीवनयापनमा सहज भएको भन्दै सांसदको सहयोगको प्रशंसा गरेका थिए । रुकुम पूर्वमा एकमात्र निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा कोरोना संक्रमित देखिएपछि उनले स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रीय सरकारसँग पहल समेत गरेकी थिइन् ।


जनताको पीडाले मन पोलेपछि फेरि पनि राहत बाँडेः सांसद रोका

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter