जम्मु काश्मीरमा नयाँ युगको सुरुवात भएको छः मोदी

9 दिन अगाडी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० रद्द गर्नुलाई जम्मु काश्मीरमा नयाँ युगको सुरुवात भएको बताएका छन् । 
उनले पछिल्लो तीन दशकमा करिब ४५ हजार निर्दाेष मानिसको ज्यान गएको बताए । उनले जम्मु काश्मीरमा छिट्टै चुनाव हुने घोषणा पनि गरे । पाकिस्तानले भारतसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेलगत्तै मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मु काश्मीरबाट विशेष अधिकार हटाउँदै राज्यलाई दुई भागमा बाँडेको छ । पाकिस्तानले भने यो निर्णयलाई भारतको अवैधानिक कदम बताएको छ ।
मोदीले आर्टिकल ३७० र ३५ए ले जम्मु काश्मीरमा आतंकवाद, परिवारवाद र भ्रष्टाचार मौलाएको बताए । उनले देशको कानुनबाट जम्मु काश्मीरका मानिस वञ्चित रहेको बताए । उनले शिक्षाको अधिकारको लाभ लिनबाट जम्मु काश्मीरका बालबालिका वञ्चित भएको बताए । ‘देशका अन्य राज्यमा कर्मचारीका लागि छुट्टै ऐन लागू छ । तर, यस क्षेत्रका कर्मचारी यो अधिकारबाट वञ्चित गरिएको थियो । देशको अन्य राज्यमा दलितविरुद्ध हुने अन्याय रोक्नका लागि कानुन लागू छ तर जम्मू काश्मीरमा यस्तो कानुन लागु हुँदैनथ्यो ।’ उनले भने, ‘अब जम्मु काश्मीर नयाँ ऊर्जाका साथ विकास हुनेछ ।
टेक्निकल क्षेत्रको विकास हुनेछ । यहाँको पर्यटकीय क्षेत्रको विकास हुनेछ ।’ संसद्मा बनेका काननु देशको एक भागमा लागू नहुनु दुःखद् विषय भएको बताए । ‘सरकार पटेल, बाबा साहेव अम्बेडकर, डा. श्यामप्रसाद मुखर्जी, अटलजी र करोडांै देशभक्तको सपना पूरा भएको छ । अब देशको सबै नागरिकको हक र दायित्व समान छ ।’ उनले भने, ‘एक राट्र, एक परिवारका रूपमा तपाईं हामीले पूरै देशले एउटा ऐतिहासिक निर्णय गरेका छौं । अब यस क्षेत्रका नागरिकले अधिकार र अवसर पाउनेछन् ।’
उनले जम्मु काश्मीरका जनतालाई सम्बोधन गर्दै भने, ‘म एउटा कुरा स्पष्ट पार्न चाहान्छु तपाईंहरू आफ्नो जनप्रतिनिधि आफंै चुन्न सक्नुहुन्छ र तपाईंहरूमध्येबाट चुनिनुहुनेछ । यो अधिकार छिट्टै प्राप्त गर्नुहुनेछ,’ उनले पारदर्शी वातावरणमा प्रतिनिधि चुनिने अवसर प्राप्त भएको बताए । ‘यहाँ लोकसभा चुनावमा भोट हाल्ने अधिकार थियो तर विधानसभा र स्थानीय तहको चुनावमा मतदान गर्न सक्दैनथे । अब यो अधिकार प्राप्त भएको छ,’ उनले भने ।
उनले नयाँ व्यवस्थाको माध्यमबाट सबै मिलेर आतंवादलाई जम्मु काश्मीरबाट हटाउँदै यस सुन्दर क्षेत्रलाई विकासको नयाँ आयाम दिएर विश्वलाई उदाहरण देखाउन चाहेको बताए ।
पाकिस्तानले भने भारतको निर्णयको विरोधमा अन्तर्रा्ष्ट्रिय समुदायसँग अपिलसमेत गरेको छ । पाकिस्तानले भारतसँग राजनीतिक सम्बन्धलाई निलम्बित गर्दै व्यापार र यातायात सम्पर्कसमेत तोडिदिएको छ । भारतले भने यो निर्णयलाई आफ्नो आन्तरिक विषय बताएको छ । बुधबार नै भारतीय प्रम मोदीले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका थिए । तर, पूर्व्विदेशमन्त्री तथा बीजेपीकी वरिष्ठ नेत्री सुष्मा स्वराजको निधनका कारण सो कार्यक्रमको मिति परिवर्तन भएको थियो ।
काश्मीरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने सो क्षेत्रमा कफ्युसमेत लगाइएको छ । इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन सेवासमेत अवरुद्ध रहेको बीबीसीले बताएको छ ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter