जातीय विभेदविरुद्ध माइतीघरमा रक्तदान

19 दिन अगाडी

काठमाडौं । जातीय विभेदविरुद्ध आइतबार माइतीघरमा रक्तदान भएको छ । रुकुम घटनाको विरोधसँगै सबै प्रकारका जातीय विभेद अन्त्यको कामना गर्दै रक्तदान गर्ने तयारी भएको विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष विजय घिमिरे विश्वकर्माले बताए । 
आज आइतबार माइतिघरमा बिहान ११ बजेबाट ३ बजेसम्म रक्तदान भएको यियो । रुकुम घटनाका दोषीलाई कारवाही गर्नुका साथै पीडितलाई न्याया दिन पनि प्रतिष्ठानले माग गरेको छ । घटना दुःखद् भएको भन्दै विश्वकर्माले एउटा सुखद् काम गर्न लागेको जनाए । प्रतिष्ठानले यसअघि चावहिल र गोंगबुमा समेत रक्तदान गरिसकेको छ । अध्यक्ष विश्वकर्मा दलित समुदायबाट सबैभन्दा पहिले सगरमाथाको सफल आरोहण गर्ने आरोही हुन् । उनले जातीय विभेद र हिंसाबारे समाजमा सचेतना जगाउँदै विभिन्न प्रकारका अभियान चलाउने पनि जनाएका छन् । गत जेष्ठ १० गते रुकुम पश्चिमबाट आफ्नी प्रेमिका लिन जाजरकोट गएका नवराज विकसहित अरु ५ जनाको परिवार र स्थानीयको कुटाइबाट मृत्यु भएको थियो । घटनाको निश्पक्ष छानविन गरिनुपर्ने र दोषीलाई कारवाही गरिनुपर्ने भन्दै अहिले देशव्यापी दबाबका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रतिनिधिसभाले नेकपा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा विशेष समिति नै बनाएर छानविन सुरु गरेको छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter