जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

4 महिना अगाडी

–पूर्णप्रसाद मिश्र
काठमाडौं– जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ । 
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरु हुन सकेको छैन । काम शुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था  छैन । सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या छ ।
 गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन । यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । धेरै सवारी साधन फस्ने गरेको यात्रु श्याम पुडासैनीले बताए । 
 सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् । करिब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो । दुवैतर्फको अधिकांश भागमा काम शुरु हुनसकेको छैन । काम शुरु गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ ।
 
वि।सं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महीनामात्र बाँकी हुँदा काम भने शुरु हुनसकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दा कुमार श्रेष्ठको गुनासो छ । 
 सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११र११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब रु ५५ करोडको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुनसकेन । वि।सं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो । 
 फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउँछन् । 
समस्या समाधानका लागि आजै आयोजनाको कार्यालय नयाँ बानेश्वरमा तीनै तहका जनप्रतिनिधिसहित सडक विभागका अधिकारीको बैठक भइरहेको पनि उनले जानकारी दिए । यो प्रस्तावमा प्रदेश र सङ्घीय संसद्मा निर्वाचित जनप्रतिनिधिको सहमति नजुट्दा समस्या समाधान हुन नसकेको उनले बताए । करिब सात किमीको यो दूरीमा नौ सय घर छन् । स्थानीयवासीको सहमतिअनुसार सातरसात मिटर बढाउँदा कसैलाई चित्त नबुझे सर्वोच्च अदालतको फैसला बमोजिम मुआब्जा तिरेर बढाउन सकिने जोरपाटी–सुन्दरीजल सडक विस्तार सरोकार समितिका संयोजक सरोजकुमार श्रेष्ठ बताउँछन् ।
 ‘चावहिल–बोद्ध–जोरपाटी–थली–साँखुको जस्तो मापदण्ड जोरपाटी–सुन्दरीजलको तोकिएको छैन, ठेक्का गर्दा नै बिनाआधार केन्द्रविन्दुबाट ११र११ मिटर विस्तार गर्ने भनी सूचना जारी गर्दा अहिले समस्या आएको हो’, उनले  भने । अन्य सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले विसं २०३३÷२०४५ मा तयार पारेको मापदण्ड छ ।
जुन मापदण्ड तत्कालीन नगर विकासले तयार पारेको थियो । जोरपाटी–सुन्दरीजल सडकको मापदण्ड छ भनी लेखेको कागजात देखाए पनि अन्य सडकको जस्तो प्रमाणित दस्तावेज हालसम्म नभेटिएको विस्तार सरोकार समितिले जनाएको छ । 
यो खण्डको सडकको दूरावस्थाले दैनिकजसो सार्वजनिक यातायात दुर्घटनामापर्ने गरेको विस्तार सरोकार समिति सचिव सुशील सिम्खडाले सुनाए । मुआब्जा तिरेर केन्द्रविन्दुबाट ११–११ मिटर सडक बढाउन तयार नभए सहमतिमा सात मिटर वा त्यसमा समेत सहमति नभए अहिलेकै अवस्थामा कालोपत्र गरी सडकलाई ताल एवं पोखरीबाटमुक्त गरिनुपर्ने उनले बताए । 
एक महिनाअघि जीर्ण सडकमा पुरानो सवारी गुडाएका कारण बा २ ख ८७४४ नं को सार्वजनिक यातायात दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको थियो । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए । तीमध्ये आधादर्जन गम्भीर घाइत भई अझै उपचाररत छन् । 
 चावहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तार समेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । यो मार्गको बीचबीचमा १००÷२०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ । 
ठाउँ–ठाउँमा बनेका खाडलमा वर्षाद्मा परेको पानी जमेर गाडी हिँड्दा छप्ल्याङ् छप्ल्याङ गरी सडक किनारमा हिँडेका यात्रुको जीउभरी हिलो छ्यापिने गर्छ । घाम लागेका बेला भने धुलोले सडक नदेखिने समस्या रहेको इन्द्रायणीका रामचन्द्र श्रेष्ठले बताए । जीर्ण यो सडक छिटो कालोपत्र हुनुपर्ने माग गरी डेढमहीना अघि बन्द गरेर विरोध जनाए पनि समस्या समाधान नभएको उनको गुनासो छ ।
जति तहका सरकार भए पनि जन सरोकारका विषयमा काम हुननसकेको उनले बताए । राजधानीका विभिन्न स्थानका सडक लामो समयदेखि बन्न नसकेपछि स्थानीयवासी जनप्रतिनिधिसँग रुष्ट छन् । जनसरोकारका विषयमा जनप्रतिनिधिको ध्यान जान नसकेको पीडित उपभोक्ताको भनाइ छ ।
सडक बनाउने निर्माण व्यवसायीसँग आर्थिक लाभ लिन साँठगाठमा जनप्रतिनिधि संलग्न हुँदा यस्ता मुद्दा ओझेलमा पर्ने गरेको नारायणटारवासी ज्ञानेन्द्र खतिवडाले बताए । (रासस)


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter