ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

2019-03-12

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी गर्ने गर्छन् र ति भविष्यवाणीहरू पुग्ने गर्छन् पनि । केही महिना अघि पनि उनले अन्यभन्दा पनि राजनीतिक व्यक्तिको दुर्घटना हुनसक्ने बताएको अन्तर्वार्ता प्रकाशन भएको थियो । तर त्यतिबेला नक्कली ज्योतिषहरूको आतंक मच्चिरहेको ले त्यसतर्फ कसैको खासै वास्ता पुगेन होला । तर उनले भनेजस्तै राजनीतिक पात्रको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि फेरि उनले भनेको मिलेको मान्छेहरूले महसूस् गरे ।  
फेरि पनि ज्यो. सुवेदीले एक अन्तर्वार्ता दिँदै केही महत्त्वपूर्ण विषयमा भविष्यवाणी गरेका छन् । लाईफ लाईन मिडिया र न्यूज टिमलाई एक अन्तर्वार्ता दिँदै उनले राजनीतिक लगायतका विभिन्न पक्षसँग सम्बन्धित भविष्यवाणी गरेका हुन् । अन्तर्वार्ताको भिडियोमा अझै राजनीतिक पक्षको व्यक्ति र राजनीतिक व्यवस्था नै पनि दुर्घटनामा पर्नसक्ने उनको भनाई देखिन्छ । के नेपालमा राजसंस्था आउने सम्भावना छ ? वर्तमान सरकारको आयु कति ? लगायत अरु धेरै महत्त्वपूर्ण एवं गम्भीर सवालमाका प्रश्नहरूमा उनले अन्तर्वार्ताको क्रममा भविष्यवाणी गरेका छन् । 
संविधान जारी गर्दाको ग्रह अनुकूल नपरेको बताउँदै अन्तर्वातामा सुवेदीले नेपालमा राजसंस्था पुनःस्थापित हुने र नेपालको लागि राजसंस्था बढी हितकर हुने बताएका छन् । साथमा उनले नयाँ राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने हो भने पनि गर्नपर्ने विषयको बारेमा पनि उनले वताएका छन् । विगतमा पनि विभिन्न भविष्यवाणी गर्ने गरेका र ती भविष्यवाणीहरू मिल्ने गरेका हुनाले उनले गर्ने भविष्यवाणी पुग्नसक्ने सम्भावना रहेको विश्लेषकहरू बुझाई रहेको छ । भनिन्छ ज्यो. सुवेदीले राजा विरेन्द्रको मृत्युको भविष्यवाणी लगायत धेरै विषयमा ज्योतिषीय फलादेश गरेका थिए । कं. प्रचण्डलाई उनले पार्टीको नाम नफापेको बताएपछि प्रचण्डले एनेकपा माओवादीबाट नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र बनाएका थिए ।
राजनीतिक मात्रै नभएर ज्योतिषशास्त्रबाट कसरी बढीभन्दा बढी फाइदा उठाउने, आमसर्वसाधारणहरूलाई पर्ने दुःखकष्ट, संघर्षबाट कसरी मुक्ति पाउने जस्ता विषयमा पनि व्यवहारिक तरिकाबाट उनले अन्तर्वार्तामा अथ्र्याएका छन् । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter