ज्याक श्रेष्ठद्वारा निर्मित चलचित्र “शिवा”को ट्रेलर सार्वजनिक

5 महिना अगाडी

काठमाडौं । राजधानीमा मंगलबार अभिनेता किशोर खतिवडा र अभिनेत्री सञ्चिता लुईंटेलको प्रमुख भूमिका रहेको चलचित्र ‘शिवा’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री सञ्चिता चलचित्रमा पत्रकारको भूमिकामा रहेको देखाइएको छ भने किशोर खतिवडा उक्त टाइटलकै क्यारेक्टरमा छन् । प्रेम र एक्सनका दृश्य समेटिएको ट्रेलरमा शिवाको भूमिकामा रहेका किशोरले आफ्नो गाउँ बचाउन गरेको संघर्ष देखाइएको छ । 
चलचित्रलाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् भने चलचित्रको कथा पनि उनकै हो । ज्याक श्रेष्ठले चलचित्रको निर्माण गरेका हुन् ।
किशोर सञ्चितासँगै चलचित्रमा ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराज लगायतका कलाकारहरुको अभिनय पनि रहेको छ । कमल राई र लिगेश भट्टराईको चलचित्रका गीतमा कोरियोग्राफी छ । सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई विरेन्द्र भट्टले खिचेका हुन् भने, राजु ढुंगानाले सम्पादन गरेका छन् ।
निर्देशक घिमिरेले चलचित्र पारिवारिक प्रेमकथामा आधारित भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । निर्माता तथा कलाकार ज्याकले चलचित्रले उठाएको विषयवस्तु गम्भीर रहेको र गम्भीर रुपमै प्रस्तुत गरिएको बताए । यो चलचित्रमा राजमी लामिछानेलेको ब्याकग्राउन्ड म्यूजिक छ । सुनिरा तम चलचित्रकी कार्यकारी निर्माता हुन् । चलचित्र मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउदै छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter